नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले कांग्रेसको मुलुक रुपान्तरण भएको भन्दै अब कांग्रेस रुपान्तरित हुनु पर्ने बताएका छन्।
आफू रुपान्तरित नभइ कांग्रेसले देशलाई नेतृत्व दिन र परिवर्तन गर्न नसक्ने उनले बताए।
कांग्रेसको १३औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजनीतिमा विकृति बढेका कारण जनता निराश भएको बताए। राजनीति प्रति जनताको वितृष्णा कम गर्न नेतृत्वले आफूलाई सच्याउनु पर्ने बताए।
उनले भने, 'नेपालको राजनीति र राजनीति गर्ने व्यक्ति अत्यन्त आलोचित छन्। यसरी निन्दा गरेको देख्दा कहिलेकाही मलाई त आत्महत्या गरौंजस्तो लाग्छ। तर हामी आफूले पनि कतै विकृति गरेका त छैनौ भनी आत्मविवेचना गर्दै सदाचार र लोकतान्त्रिक चरित्रले राजनीतिप्रति जनताको विश्वास जगाउनु छ।'
सभापति सुशील कोइरालाकेा निधनपछि बेदना र पीडासँगै धैर्यका साथ अगाडि बढ्ने आँट पनि भएको उनले बताए।
सभापति कोइरालकैको नेतृत्वमा संविधान जारी भएको र सबै दल मिलेर नेपाली जनताको बलबुतामा नयाँ संविधान मात्रै नल्याई नयाँ व्यवस्था पनि दिन चाहेको उनले बताए।
उनले भने, 'नेपालको नया संविधान लोकतान्त्रिक समाजवादमा आधारित छ। यहि नेपाली कांग्रेसको शक्ति र संगठनको स्रोत बनेको छ। यो संविधानले परिकल्पना गरेको व्यवस्था, समावेशीता, समानुपातिक सिद्धान्तका आधारमा उपेक्षित समुदायलाई जसरी सामाजिक, राजनीतिक र आर्थिक सुरक्षा दिने परिकल्पना गरेको छ त्यसलाई सफल कार्यन्वयन जरुरी छ।'
उनले संविधान बनाउने नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेसले नै कार्यन्वयन गराउनु पर्ने धारणा राखे।
उनले भने, 'संविधान सभाको निर्वाचनपछि पनि अबरोध खडा भए तर पनि हामीले शान्ति प्रक्रिया पुरा गरी हाम्रै संयोजनमा नयाँ संविधान आयो। त्यसमा पनि अप्ठयारा आए। मधेसमा असन्तुष्टि आएपछि त्यसको सम्बोधनका लागि संविधान संशोधन हामी आफैंले ल्याएका हौं। अहिले नाकाबन्दीलाई सहज बनाउने काम भएको छ।'
आवश्यक परे संविधानमा थप संशोधन गरी देशलाई राजनीतिक झगडामाबाट मुक्त गर्दै आर्थिक विकासको गतिमा अगाडि बढाउनु पर्ने बताए।setopati बाट
Home »
Nepali News
» अब कांग्रेस रुपान्तरित हुनुपर्छ: कार्यबाहक सभापति पौडेल
अब कांग्रेस रुपान्तरित हुनुपर्छ: कार्यबाहक सभापति पौडेल
Posted by Unknown
Posted on 6:52 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment