सरकारले गत वैशाखको भूकम्पमा घरबार गुमाएका पीडितलाई फागुन ३० गतेबाट घर बनाउनको लागि पहिलो किस्ताको अनुदान रकम दिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबार दोलखाको सिंगटीमा औपचारिक कार्यक्रम गरी पहिलो किस्ताको रकम दिने भएको हो।
प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीका अनुसार आइतबार सिंगटीमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको टोलीले पीडितलाई रकम हस्तान्तरण गर्नेछ। त्यसका लागि प्राधिकरणको टोली भोलि सिंगटी जाने भएको छ।
यसअघि फागुन १२ र २० गते पहिलो किस्ताको रकम दिने भनिएपनि विविध कारण देखाउँदै रोकिएको थियो।
सरकारले भूकम्पपीडितलाई घर बनाउन २ लाख रुपैयाँ अनुदान सहयोग दिनेछ। त्यसमध्ये पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा ८० हजार र तेस्रो किस्तामा ७० हजार दिइनेछ।
अहिले उपत्यका बाहिरका ११ जिल्लामा भूकम्पले भत्काएका घरको सर्वेक्षण गर्ने काम भइरहेको छ। दोलखाको सिंगटी आसपासमा सर्वेक्षण सकिएकाले त्यहीँबाट रकम बाँड्न सुरु गर्न लागिएको प्राधिरणले जनाएको छ। अन्य जिल्लामा पनि क्रमशः रकम बाँडिने प्रवक्ता अधिकारीले बताए।
उपत्यकाका तीन जिल्लामा भने अहिलेसम्म सर्वेक्षण सुरु नभएकाले पीडितले रकम कहिले पाउने हुन भन्ने टुंगो छैन।
Setopati बाट
भूकम्पपीडितलाई घर बनाउन आइतबारदेखि अनुदान रकम दिइने
Posted by Unknown
Posted on 7:25 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment