Home » » कांग्रेस महाधिबेशन : यी बालकले कसलाई जिताउलान ?

कांग्रेस महाधिबेशन : यी बालकले कसलाई जिताउलान ?


काठमाडौं, फागुन २२ – आफ्ना पक्षको नेतालाई चुनाव जिताउन नेपाली कांग्रेसका कार्यकर्ता दिलो ज्यान दिएर लागेका छन् ।
महाधिबेशनस्थल भृकुटीमण्डप वरपर ठुलै महोत्सवको झल्को दिनेगरेर युवायुवतीले आफ्ना नेतालाई भोट मागेर दिनभर नाराबाजी र नाचगान गरिरहे । तर त्यही अटेस मटेसको भिडमा भेटिए यी चार बालक । जस्ले घाँटीमा कांग्रेस केन्द्रिय सदस्यका उम्मेदवारको फोटोसहितको ठुलो कार्ड भिरेका थिए र हातमा पर्चा । भुकुटीमण्डप खुलाबजार नजिकै बस्ने आयष डंगोल, प्रदिप शिवा र उनीहरुका २ जना साथीसमेत गरी ४ जना साइकल खेल्न बिहान घरबाट निस्केका थिए ।
नजिकै ठुलो माहोल देखेपछि उनीहरु पनि उतै लागे । नाचगान र रमाइलो हेरिरहेका आफूहरुलाई एक जना नचिनेको मान्छेले आएर ५० रुपैयाँ दिन्छु भन्दै पर्चा बाँड्न लगाएको उनीहरुले बताए ।
५० रुपैयाँ लिएर पर्चा बाँड्न थालेका उनीहरुमाथि अरु उम्मेदवार र समर्थकको ध्यान पनि गयो । त्यसैले कांग्रेस कार्यकर्ताले उनीहरुलाई थप काम लगाए उम्मेद्वारको फोटोसहितका ठुला ठुला कार्ड दिनभर घाँटीमा झुण्ड्याउन ।
एनसिसिएस स्कुल चंडोलको कक्षा ३ मा पढ्ने आयुष र नवआदर्श स्कुल बसन्तपुरमा ४ कक्षा पढ्ने प्रदिप ५० रुपैयाँका लागि नेपाली कांग्रेसका कुनै नेताको प्रचार गर्न तयार भए । ५० रुपैयाँ दिने मान्छेले (जसलाई उनीहरुले चिनेका छैनन्) दिएका २ सय जति भिजिटिङ कार्ड बाँडेको उनीहरुले बताए । बेलुकासम्म घाँटीको ठुलो कार्ड फाल्न नपाइने सर्तमा उनीहरु बाँधिएका थिए ।
‘हामीलाई ५० रुपैयाँ दिने अंकलले दिनेले दिनभरी कार्ड बाँड्नु भनेका छन्’ उज्यालो अनलाइन सँगको कुराकानीमा उनीहरुले भने ‘पैसा दिने हो भने तपाईंको पनि बाँडदिन्छौं ।’ कार्ड बाँडेर आएको ५० रुपैयाँले ४ जनाले टन्न खाजा खाने बताउँदै उनीहरु टिसर्ट र टोपीको खोजीमा हजारौको भिड छिचोल्दै थिए । चार जना अबोध बालकमध्ये एकजनाले केन्द्रिय सदस्यका उम्मेद्वार आत्माराम पौडेलको चुनावी कार्ड बोकेका थिए भने अर्काले शेरबहादुर देउवाको अनि अर्काले विपीको तस्विर अंकित ब्याच लगाएका थिए । उनीहरुका साइकलमा पनि धेरैजना उम्मेद्वारका प्रचार सामग्री थिए । तर ५० रुपैयाँ दिएर सुरुमा काम लगाउने कुन उम्मेदवार हुन् भन्ने उनीहरुले छुट्याउन सकेनन् ।
‘कसलाई भोट मागेका छौ नी ?’ उज्यालो अनलाइनको प्रश्नमा उनीहरुले भृकुटीमण्डप र नेपाल पुलिस क्लवतर्फका रुखमा टागिँएका ठुला ब्यानरमा रहेको बिपी कोइरालादेखि सुशील कोइरालासम्मका नेताको फोटोसहितको ब्यानर देखाउँदै उनीहरुले भने ‘उ त्यै बुढालाई जिताउने हो ।’
Ujyaaloonline बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved