Home » » काठमाडौंमा चीनसँग भयो अर्काे सम्झौता, परिआए नेपाली सेनाले एक्शन लिने

काठमाडौंमा चीनसँग भयो अर्काे सम्झौता, परिआए नेपाली सेनाले एक्शन लिने


चीन विरोधी गतिविधि हुन नदिन सुरक्षा अधिकारी सजग

काठमाडौँ, १६ फागुन । नेपाल र चीनका वरिष्ठ सुरक्षा अधिकारी सम्मिलित द्विपक्षीय बैठक आज यहाँ सम्पन्न भयो ।
परराष्ट्र मन्त्रालयमा भएको उक्त बैठकमा नेपालले चीनको राष्ट्रिय स्वार्थमा आघात हुने कुनै किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने र एक चीन नीतिप्रतिको प्रतिबद्धता पेस गरेको थियो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्र मन्त्रालय, उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्र अर्यालका अनुसार बैठकमा नेपाल–चीन सीमा सुरक्षा लगायत पारस्परिक सम्बन्धका सबै विषयमा छलफल तथा सम्झौता भएको थियो ।
बैठकमा चिनियाँ पक्षले मार्च महिनामा चीनमा धार्मिक, सांस्कृतिक एवम् विविध उत्सव परेकाले चीन विरोधी गतिविधि हुन नदिन नेपाली सुरक्षा अधिकारी विशेष सजग रहनुपर्नेमा जोड दिएको थियो । जवाफमा  चीन विरोधी गतिविधी हुन नदिन सेना लगायतका सुरक्षा निकायलाई परिचालन गर्ने प्रतिबद्धता नेपाली अधिकारीले जनाएका थिए ।
बैठकमा चिनियाँ पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका बाह्य सुरक्षा मामिलासम्बन्धी महानिर्देशक ल्यु गोआङ्यानले गर्नुभएको थियो भने साथमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलगायत ११ जनाको सहभागिता थियो । बैठकमा नेपालबाट परराष्ट्र, गृह, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चअधिकारी हुनुहुन्थ्यो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved