Home » » तपाईको औंला कस्तो छ ? अब थाहा पाउनुस् औंलाबाट आफ्नो भविष्य र स्वभाव

तपाईको औंला कस्तो छ ? अब थाहा पाउनुस् औंलाबाट आफ्नो भविष्य र स्वभाव

हस्तरेखासँग सम्बन्धित ज्योतिष विज्ञानका अनुसार मानिसको आंैलाको बनावटबाट उसको भविष्य र स्वभाव थाहा पाउन सकिने बताएको छ । पुरुषको हात र महिलाको हातमा विशेष ध्यान दिनुपर्ने उनीहरुले बताएका छन् ।
ज्योतिषहरुले मानिसको मोटो र छोटो औंलाका बारेमा केही तथ्यहरु सार्वजनिक गरेका छन् । कयौं बनावटका औंलाहरु मध्ये छोटो औंला हुने मानिसको स्वभाव र भविष्य कस्तो हुन्छ ? प्रस्तुत छ :
१. छोटो औंला हुने मानिसहरु प्राय सुन्दर हुन्छन् । अर्को व्यक्तिलाई निकै नै छिटो आर्कषित गर्न सक्ने शक्ति उनीहरुमा हुन्छ ।
२. उनीहरु आफ्नो कुनैपनि काम बिना रोकतोक स्वतन्त्रतापूर्वक गर्न मन पराउँछन् ।
३. औंलाको विचको भाग छोटो छोटो भएको मानिस सफल व्यापारी हुने गर्छ ।
४. यदि छोटो औंला भएरपनि अलिकति बाँङ्गो छ भने उक्त मानिस अयोग्य बेइमान हुनसक्ने ज्योतिषहरुले बताएका छन् ।
५. औंला छोटो भएर पनि माइली र साइली औंला यदि बराबर छ भने त्यस्तो व्यक्ति राजनीतिमा निकै सफल भई कुशल राजनितिज्ञ हुनसक्छन् ।
६. जसको औंला अलिकति चुच्चो छ त्यस्तो व्यक्ति बुद्धिमान हुने गर्छ र त्यस्तो व्यक्तिको दिमाग निकै तेज गतिमा चल्ने गर्छ ।
७. कसैकसैको औंला हत्केला भन्दा थोरै लामो तर समग्रमा हेर्दा छोटो देखिन्छ त्यस्तो व्यक्ति निकै चलाख हुने गर्छ । त्यस्तो व्यक्ति आफ्नो चार्तुंयताले सधैं जितको नजिक पुग्ने गर्छ ।
८. जसको छोटो औंलाहरुको लम्बाई मिलेको सामान्य देखिन्छ । त्यस्तो व्यक्ति घरपरिवार र समाजमा राम्रो इज्जत र सम्मानपूर्ण जीवन बाँच्ने गर्छ ।
९ . जुन व्यक्तिको औंलाको लम्बाई सामान्य भन्दा अत्याधिक छोटो छ त्यस्तो व्यक्ति कुरा नबुझ्ने खालको हुन्छ ।
१०.जुन व्यक्तिको पाँचै वटा औंला जोड्दा एउटा राम्रो स्वायर बन्छ त्यस्तो व्यक्ति दुरदर्शी हुन्छ । त्यस्तो व्यक्ति अदभूत प्रतिभाको धनी हुने गर्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved