Home » » भारतको फेरि नाकाबन्दी !

भारतको फेरि नाकाबन्दी !


काठमाडौं । नाकाबन्दी खुले पनि भारतबाट अझै सहज
रूपमा इन्धन आपूर्ति हुनसकेको छैन । अन्नपूर्ण पोष्टमा खबर
छ–प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सहज
रूपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत
साबित भएको छ ।
इन्धन आपूर्ति बढाउन इन्डियन आयल कर्पोरेसन (आईओसी)
सँग भरपर्दो वार्ता गर्न सरकार असफल भएकाले उपभोक्ता
अहिले पनि इन्धनका लागि सास्ती बेहोर्न बाध्य छन् ।
सरकारले अहिले पनि मागभन्दा ३५ प्रतिशत कम मात्रै इन्धन
भित्राउन सकेको छ ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेले आईओसीले ‘माथिको
आदेश’ नआएको भन्दै आपूर्ति परिमाण बढाउन आनाकानी
गरिरहेको बताए । निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल
११ लाख लिटर र डिजेल २७ लाख लिटरको माग छ ।
सामान्य अवस्थामा यो मागको झन्डै ६६ प्रतिशत रक्सौल
नाकाबाट आपूर्ति हुन्थ्यो ।
निगमले इन्धन वितरण प्रणाली सहज बनाउन रक्सौल
डिपोबाट दैनिक सात लाख लिटर पेट्रोल र १५ लाख लिटर
डिजेल माग गरेको थियो । त्यसमध्ये आईओसीले औसतमा
पाँच लाख ५० हजार लिटर पेट्रोल र १० लाख ५० हजार
लिटर डिजेल उपलब्ध गराएको छ ।
आईओसीले पेट्रोल र डिजेलमा जस्तै बहाना ग्यासमा पनि
बनाएको छ । आईओसीले मागको ४० प्रतिशत ग्यास
आयात हुने बरौनी डिपोबाट गत सोमबारदेखि आपूर्ति बन्द
गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार
बरौनी डिपोमा अहिले सयभन्दा बढी बुलेट लोडका लागि
लाममा बसेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved