Home » » राजेन्द्र महतोद्वारा राजधानी केन्द्रित आन्दोलनको सुरुवात, के–के गर्दै छन् आज ?

राजेन्द्र महतोद्वारा राजधानी केन्द्रित आन्दोलनको सुरुवात, के–के गर्दै छन् आज ?

काठमाडौं, १६ फागुन । छ महिना लामो आन्दोलन कुनै निष्कर्षबिहीन अन्त्य भएपछि सद्भावना पार्टीले तराई मधेस आन्दोलनका विषयमा उद्योगी, व्यवसायी र बुद्धिजीवीहरूसँग परामर्श गर्ने भएको छ ।
अपरान्ह २ बजे काठमाडौंको नयाँबानेश्वरस्थित अल्फाबिटा भवनमा सद्भावना पार्टीले आन्दोलन र भावी रणनीतिलाई लिएर छलफल गर्न लागेको महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘आन्दोलनका विषयमा समीक्षा र अन्तरक्रिया गर्नका लागि बुद्धिजीवी, व्यापारी र उद्योगीहरूलाई बोलाएका छौँ’, महासचिव समुनले भन्नुभयो, ‘उहाँहरूको सुझाव र सल्लाहअनुसार भावी रणनीति बनाउन सहयोग मिल्नेछ ।’
उनीहरूसँगको छलफलका लागि अध्यक्ष राजेन्द्र महतो आफैले अग्रसरता लिनुभएको छ । सद्भावना पार्टीले आजको छलफल र अन्तरक्रियालाई राजधानी केन्द्रित आन्दोलनको सरुवातका रुपमा लिएको छ ।
तराई मधेसको आन्दोलन असफल भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानी केन्द्रित आन्दोलन गर्ने निणर्यय गरेको थियो । सद्भावना पार्टीले आजको अन्तरक्रियालाई आन्दोलनको स्वरुपमै लिएको छ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved