काठमाडौं, १५ फागुन । गोरखा पुगेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसो गृहजिल्लामा चुनाव जितेर देखाउन चुनौति दिएपछि बाबुरामले रातारात कडा सन्देश पठाएका छन् ।
बाबुरामले आफ्नो सन्देशमा कडा जवाफ फर्काउँदै अर्काे चुनावमा २० सिट जितेर देखाउन चुनौति दिएका छन् ।
उनले भनेका छन्– ‘कमरेड प्रचण्डले मलाइ गोर्खाबाट चुनाब जितेर देखाउन चुनौती दिएछन । म प्रचण्डलाई चुनौती दिन्छु तपाईं अर्को चुनाबमा २० सिट ल्याएर देखाउनुस ।’
यसअघि बाबुरामको गृहजिल्ला गोरखा पुगेका प्रचण्डले बाबुराम धोकेवाज भन्दै जवाफदिन जनतालाई आग्रह गरेका थिए । उनले अब बाबुराम गोरखामा नजित्ने ठोकुवा गरेका थिए ।
Home »
Nepali News
» गोरखामा रहेका प्रचण्डलाई बाबुरामले रातारात पठाए यस्तो सन्देश
गोरखामा रहेका प्रचण्डलाई बाबुरामले रातारात पठाए यस्तो सन्देश
Posted by Unknown
Posted on 7:55 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment