Home » » बुढासुब्बा गोल्डकप : मनाङले भुटान ११ लाई ८–० ले हरायो

बुढासुब्बा गोल्डकप : मनाङले भुटान ११ लाई ८–० ले हरायो


गोविन्द वस्नेत , धरान १५ फागुन । ड बल ह्रयाट्रिक गर्दै मनाङ मस्याङ्दी धरानमा शनिबार देखी सुरु भएको १८ औ बुढासुव्वा गोल्डकपको सेमिफाक्ष्नलमा प्रवेश गरेको छ ।भुटानको सिफसि क्लबलाई शुन्यका बिरुद्ध ८ गोलको लामो अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । मनाङका लागी अनिल गुरुङ र एपिज ओलेले ह्रयाट्रिक गरेका थिए भने तेज तामाङ र विसाल राई वी ले १÷१ गोल गरेका थिए ।
खेलमा मनाङ जितका लागी खेल पहिलो हाफको २३ मिनेटमा टिम क्याप्टने अनिल गुरुङ उत्कृष्ट हेड गोल गरेका थिए भने पहिलो हाफकै ३० मिनेटमा अर्काे गोल गर्दै खेल २ शुन्यको स्थितीमा पुर्याएका थिए । उनले दास्रो हाफको १७ अर्काे गोल गर्दै ह्रयाट्रिक पुरा गरेका थिए । उनले पेनाल्टि लाई सदुपयोग गर्दै गोल गरेका थिए । भुटान माथि पुरै हावि देखीको मनाङका लागी पहिलो हाफको ४१ औ तेज तामाङले कर्नर प्रहारलाई गोलमा परिणत गर्देै खेल ३ शुन्य को स्थितीमा पुर्याएका थिए भने एपिज ओलेले इन्जुरी समयमा गोल गर्दै पहिलो हाफ ४ शून्यमा सकिएको थियो ।
दोस्रो हाफमा पुरै आक्रमक रुपमा प्रस्तुत भएको मनाङका लागी एपीज ओलेले २७ औ र ३८ औ मिनेटमा गोल गर्दै ह्रयाट्रिक पुरा गरेका थिए भने विसाल राई वि ले ३५ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच मनाङका कप्तान अनिल गुरुङ घाषित हुदै नगद ५ हजार हात पारे । शनिबार देखी सुरु भएको प्रतियोतिाको उद्घाटन नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सांसद मिनकुमार विश्वकर्माल प्रतियोगितको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटनको अवशरमा आयोजक धरान फुटबल क्लवले धरान उपमहानगर पालिकाका कार्यकारी अधिकृत टिकादत्त राई र भरखरै प्रहरी उपरिक्षक मा बढुवा भएका इलाका प्रहरी कार्यलय धरानका प्रमुख सुदम कुमार सिजापति लाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । आइतबारको खेलमा आयोजक धरान फुटबल क्लबको रुपन्देही ११ ले समाना गर्ने छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved