Home » » ‘पाँच वर्षमा चीन-काठमाडौँ रेल सेवा सुरु गर्ने’

‘पाँच वर्षमा चीन-काठमाडौँ रेल सेवा सुरु गर्ने’

दाङ, १७ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले ढिलै भए पनि काँग्रेस सरकारमा आउने बताउनुभएको छ ।
प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार समेलनमा नेता ज्ञवालीले भन्नुभयो– “संविधान जारी गर्न जति चुनौती थियो, त्योभन्दा ठूलो चुनौती कार्यान्वयनमा भएकाले संविधान जारी गर्दा भएको दलीय एकता आवश्यक छ ।
उपाध्यक्ष ज्ञवालीले नेपालको हितविपरीत रहेको १९५० को सन्धिलाई पुनरवलोकन गर्नका लागि दुई देशका विज्ञको टोली निर्माण गरिएको बताउनुभयो । “प्रधानमन्त्री केपी ओलीको भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ । भ्रमणपछि भारतको नेपालमाथिको बुझाइ परिवर्तन भएको छ”, ज्ञवालीले भन्नुभयो– “भ्रमणको समयमा प्रधानमन्त्रीले १९५० को सन्धि पुनरवलोकनका लागि राखेको प्रस्तावलाई स्वीकार गर्दै भारतले विज्ञको टोली गठन गरेको छ ।”
उहाँले निकट भविष्यमै हुने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार र पारवाहन सम्झौता हुने बताउँदैे पाँच वर्षभित्र चीनदेखि काठमाडौँसम्म रेल सेवा सुरु गर्ने विषयलाई भ्रमणका क्रममा उठाइने बताउनुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved