Home » » ओलीले पहिलोपटक उठाए भारत तर्सिने विवादित विषय, मोदी गम्भीर

ओलीले पहिलोपटक उठाए भारत तर्सिने विवादित विषय, मोदी गम्भीर


सन् १९५० को असमान सन्धि पुनरावलोकनको प्रस्ताव

काठमाडौं, ९ फागुन । ६ दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई तर्साउने गरी एउटा विवादित विषय उठाउनुभएको छ ।
शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा ओलीले १९५० को सन्धि पुनरावलोकनको प्रस्ताव गरेको दिल्लीमा रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा भएको नेपाल–भारतबीचको द्विपक्षिय वार्तामा यो विषयसँगै प्रधानमन्त्री ओलीले कालापानी र सुस्तामा नेपाली भूमी अतिक्रमण भएको कुरा पनि उठाउनुभएको थियो ।
नेपाल–भारतबीचको द्विपक्षिय वार्ता
ओलीले विवादित विषय उठाएपछि भारत गम्भीर बनेको छ । यद्यपी भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक प्रतिक्रिया दिएको रिमालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा भारतीय पक्षबाट पनि आफ्ना कुरा प्रष्ट रुपमा आएका छन् । दुई देशबीचको नवगठित प्रबुद्ध व्यक्तिको समुहमा लैजाने विषयमा छलफल भएको छ । अब यो मुद्दा अगाडि बढ्छ ।’
१९५० को सन्धिको पुनरावलोकन गर्न भारतीय पक्षले आफूहरु तयार रहेको भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन आग्रह समेत गरेको रिमालको भनाई छ । राजकीय सम्मानका साथ भारतको भ्रमणका गएका ओली असमान सन्धि भएको ६५ वर्षपछि पुनरावलोकन मुद्दा उठाउने पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।
यसैगरी द्विपक्षिय वार्तामा भारतले विभिन्न स्थानमा बनाएका बाँधले उत्पन्न गरेका समस्याको विषयमा पनि छलफल भएको छ । अन्य समस्याहरुमा पनि ओलीले मोदीको ध्यानाकर्षण गराउनुभएको प्रमुख सल्लाहकार रिमालले बताउनुभयो

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved