काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका बेला नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको एक टोली अचानक आइतबार दिल्ली उडेको छ ।
भारतको सत्तारुढ दल बीजेपीको युवा मोर्चाको निमन्त्रणामा युवा संघका अध्यक्ष राजीव पहारीसहित पाँच सदस्यीय टोली पाँच दिने भ्रमणका क्रममा आइतबार विहान दिल्ली प्रस्थान गरेको हो ।
युवा संघ नेपालका सचिवालय सदस्य सञ्जीव रोकाका अनुसार पाँच सदस्यीय टोलीमा अध्यक्ष पहारीसँगै महासचिव किरण पौडेल, विदेश विभाग प्रमुख सन्तोष रावल, सचिवालय सदस्यहरु सञ्जीव झा र सुमन पुरी रहेका छन् ।
दिल्लीमा रहँदा युवा संघको टोलीले नेपाल र भारतका युवाहरुको गतिविधीको तुलना, सक्रियता र शक्ति विकासबारेमा छलफल गर्नेछ । यसैगरी दिल्लीमै आयोजना हुने बृहत सम्मेलनमा अध्यक्ष राजीव पहारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी भारतीय सत्तारुढ दल र विपक्षी दलका नेताहरुसँग भेटवार्ता गर्ने, मधेस आन्दोलन र समग्र परिवर्तनको विषयमा जानकारी गराउने र भारतमा रहेको नेपालप्रति नकारात्मक भ्रम चिर्ने कार्यक्रम समेत तय भएको सचिवालय सदस्य रोकाले बताए ।
Home »
Nepali News
» युवा संघको टोली अचानक भारत किन उड्यो ? दिल्लीमा यसरी गर्दैछ हमला
युवा संघको टोली अचानक भारत किन उड्यो ? दिल्लीमा यसरी गर्दैछ हमला
Posted by Unknown
Posted on 12:37 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment