Home » » केकीलाई दर्शकले सोधे ‘तपाईं भागेरै बिहे गर्ने हो ?

केकीलाई दर्शकले सोधे ‘तपाईं भागेरै बिहे गर्ने हो ?


काठमाडौं । क्यामेराको अगाडी उभिदैमा ठिक्क थियो केकी अधिकारीलाई । फिल्म सुटिङ होस् या अन्य कुनै औपचारिक समारोह, नायक नायिका आउने भनेपछि क्यामेराको ताँती राम्रै लाग्छ काठमाडौंमा ।
चिनजानको साथीले सुरु गरेको बुटिक उद्घाटनदेखि कमलादी गणेश मन्दिरमा गरिने सिनेमाका शुभमुहुर्तमा पनि क्यामेरा अगाडी उभिएर केही मिनेट बोल्नै पर्छ केकीले ।
हरेक कार्यक्रममा क्यामेरा अगाडी औपचारिक रुपमा प्रस्तुत हुँदै आएकी केकी पछिल्लो केही दिन यता नेपाली फिल्ममा खाँट्टी दर्शकसँग साक्षात्कार गर्न पाएकोमा खुसी छिन् ।
चलचित्र ‘भाग सानी भाग’ को प्रमोशनका लागि मोफसल पुगेकी केकीले धेरै दर्शकसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाईन् ।
‘यसरि मोफसलका दर्शकसँग सिनेमाकै विषयमा संवाद गर्दा निकै रमाईलो हुँदो रहेछ ।’ अनलाइनखबरसँग कुरा गर्दै केकीले भनिन् । पोखरा, बुटवल, हेटौंडा र नारायणघाटका दर्शकसँग उनले फिल्मका विषयमा खुलेर कुरा गरिन् भने दर्शकले पनि खुलेरै प्रश्न गरे ।
हरेक ठाउँको कार्यक्रममा बेहुली झैं साडीमा प्रस्तुत भएकी थिइन् उनी । उनको गेटअप देखेर पनि हुनसक्छ उनका फ्यानले उनलाई केही निजी जीवनका प्रश्न पनि गरे । ‘तपाई भागेरै बिहे गर्नु हुन्छ हो ?’ यस्ता अनपेक्षित प्रश्नको पनि सामना गर्नुपर्यो केकीले ।
नेपाली फिल्म उद्योग, सिनेमाको गुणस्तर र उनको अभिनयका बिषयमा उनले जताजतै प्रश्न भोगिन नै, तपाइँले भागी बिबाह गर्ने कि मागी बिबाह भनेर समेत फ्यानले प्रश्नको बर्षा गरेको केकी बताउँछिन्। उनले आफ्नो निजी जीवनसँग जोडिएका धेरै प्रश्नको शान्तपूर्वक र संयमपूर्वक जवाफ दिइन्।
धेरैको चासो फिल्मसँग सम्बन्धित थियो, फिल्ममा तपाइको रोल कस्तो छ, कोसँग प्रेम हुन्छ ? जस्ता प्रश्न धेरै दर्शकले सोधे । उनले जवाफमा भनिन् ‘पाँच गते हलमा आउनुस् सबै प्रश्नको जवाफ पाउनुहुन्छ ।’
आफुले भेटेका दर्शकहरु नेपाली फिल्मको सम्पत्ति भएको अनुभव गरिन् उनले । उनी भन्दैथिईन् ‘हामीलाई कलाकार बनाउने उहाँहरु नै हो । त्यसकारण पनि उहाँहरुसंग भेटन पाएकोमा खुसी छु ।’
कतिपय दर्शकले उनलाई अर्को पनि गुनासो गरेछन् ।
तपाईको फिल्मको नाम त हिन्दीको जस्तो भयो । केही यस्ता दर्शक पनि भेटिन् । जसले उनका ‘आइएम सरी’ ‘बितेका पल’ लगायतका सबै फिल्म हेरेका रहेछन् ।
अहिलेसम्मको कार्यक्रमवाट राम्रो रेस्पोन्स पाएकी केकी आगामी दिनमा पूर्वमा समेत यस्तै किसिमको कार्यक्रम लिएर जाने सोच रहेको बताउँछिन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved