१६ फागुन, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा वैवाहिक कार्यक्रममा गोली चलेको छ ।
वैवाहिक कार्यक्रममा चर्को स्वरमा डीजे बाजा बजाएपछि प्रहरीले गोली चलाएको स्थानियले आरोप लगाएका छन् । गोली प्रहारबाट दुई जना गम्भिर घाईतेे भएका छन् ।
शनिबार राति साढे १० बजे सबैला नगरपालिका वडा नं.८ निवासी दीपनारायण मण्डलको छोरीको वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर मनाउने क्रममा डीजे चर्को आवाजमा बजाएर नाचगान भइरहँदा ईलाका प्रहरी कार्यालय सबैलाले गोली चलाएको हो ।
प्रहरी हबल्दार सुरेन्द्र यादब नेतृत्वको प्रहरी टोलीले चलाएको गोली लागेर स्थानीय युवकहरु विमल मण्डल र कमलेश मण्डल घाइते भएका छन् । विमलको तिघ्रा र कमलेशको काँधमा गोली लागेको छ । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
मटकोरमा युवाहरुबीच विवाद उत्पन्न भएपछि समस्या सुल्झाउन जाँदा भीडबाट प्रहरीमाथि गोली चलाएको र प्रहरीले जवाफी कारबाही गरेका धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।
Home »
Nepali News
» चर्को स्वरमा बाजा बजाउदा विहेमा गोली चल्यो, दुई घाइते
चर्को स्वरमा बाजा बजाउदा विहेमा गोली चल्यो, दुई घाइते
Posted by Unknown
Posted on 8:43 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment