Home » » प्रधानमन्त्रीको चीन भ्रमणबारे सरकारले गर्यो यस्तो निर्णय, पाँच विषयमा सम्झौता हुने

प्रधानमन्त्रीको चीन भ्रमणबारे सरकारले गर्यो यस्तो निर्णय, पाँच विषयमा सम्झौता हुने


पाइलट र को–पाइलटलाई वीरता पदक

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैतको पहिलो साता आफ्नो दोस्रो विदेश यात्राका क्रममा छिमेकी मुलुक चीनको भ्रमणमा जानुहुने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले चीन भ्रमणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री ओलीको यही फागुन ७ देखि १२ सम्म भएको छिमेकी मुलुक भारतको राजकीय भ्रमणलाई ऐतिहासिक र उपलब्धिमूलक भएको ठहर गरेको छ । बैठकपछि सरकारका प्रवक्ता शेरधन राईले प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपालको प्रतिष्ठा, इज्जत र मर्यादा बढ्नाका साथै दुई देशबीचको आपसी असमझदारी अन्त्य भई बहुआयामिक सम्बन्ध विस्तार भएको ठहर गरेको जानकारी दिनुभयो ।
पत्रकारिता दिवस वैशाख २४मा
बैठकले मुलुकको जेठो अखबार गोरखापत्र प्रकाशन सुरु भएको विसं १९५८ वैशाख २४ लाई आधारमानी आगामी वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राईले बताउनुभयो ।
यसैगरी उपचाररत नेपाली काँग्रेसका नेता नरहरि आचार्य र वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको छ । नेता आचार्य गत माघ २८ गते मस्तिष्काघात भई बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत हुनुहुन्छ भने राष्ट्रिय गानका सङ्गीतकार गुरुङ नसा र पाचन प्रणालीमा समस्याका कारण गत महिनादेखि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत हुनुहुन्छ ।
पाइलट र को-पाइलटलाई वीरता पदक
यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेकाले मरणोपरान्त वीरता पदक दिने निर्णय बैठकले गरेको छ ।
बैठकले असल चालचलन भएका र कुल ४० प्रतिशत कैद भुक्तान गरेका तथा ६५ वर्ष उमेर पुगेका १६५ कैदीलाई नयाँ संविधान जारी भएको उपलक्ष्यमा कैद मिनाहा सिफारिस गरेको छ ।
मेट्रो रेल प्रस्ताव
यस्तै धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक तीन वर्षभित्र निर्माण गराउने तथा मेट्रो रेल र मनो रेलसम्बन्धी प्रस्ताव अघि बढाउन लगानी बोर्डलाई निर्देशन दिइएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार बैठकले मदरसा बोर्डका उपाध्यक्षमा रजी हैदर नियुक्त गर्नाका साथै भूकम्पबाट क्षति भएका विद्यालयका पुनःनिर्माणका लागि परियोजना कार्यान्वयन एकाइ गठन गरेको छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved