ओएस नेपाल, रुपन्देही , १५ फागुन । चार छोरीका बाबु आमा तेजमान र ललिता विष्ट एउटा छोराको पर्खाइमा थिए । छिमेकी र आफन्तले परिवार नियोजन गर्न सुझाव दिएपनि उनिहरुको भित्री इच्छा भने छोरा थियो ।
रोल्पाका ती जोडीलाई आर्थिक अवस्थाका कारण चार सन्तान हुर्काउनु पनि चुनौती नै थियो । छोराकोे आशमा चार छोरी जन्माईसकेका ललिता र तेजमान छोराको आशमा पाचौं सन्तान जन्माउन बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आए । ललिताले एकै पटक ३ जना छोरा जन्माइन् ।
छोराको आशमा १५ बर्षदेखि याचना गर्दै आएका विष्ट अहिले ‘हाँस्नु कि रुनु’ जस्तै भएका छन् । शुक्रबार मध्यान्न झण्डै १५ मिनेटको अन्तरालमा ललिताले तिन छोरालाई जन्म दिएकी हुन् ।
आमा र तिनै शिशुको स्वास्थ्य पूर्णरुपमा ठिक रहेको शल्यक्रियामा संलग्न डा अनुप थापाको भनाई छ ।
Home »
Nepali News
» रुपन्देहीमा जन्मिए तिम्ल्याहा
रुपन्देहीमा जन्मिए तिम्ल्याहा
Posted by Unknown
Posted on 12:00 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment