पहिचान लुकाएर सामाजिक सञ्जाल फेसबुक,
ट्विटर लगायतका माध्यम मार्फत अपराधजन्य
गतिविधि गर्नेहरूका लागि दुःखद खबर । अब
पहिचान लुकाएकै भरमा कानुनी कारबाहीबाट
उम्कने सम्भावना समाप्त भएको छ । अब अपराधीले
प्रयोग गरेका पेनड्राइभ, मेमोरी कार्ड वा
मोबाइलमा प्रयोग भएका डाटालाई समेत
रिकभरी अर्थात डिलिट गरिएका डाटाहरु समेत
पुनः निकालेर सूचनाहरु फेला पार्न सकिने भएको छ
। त्यतिमात्र नभई प्रहरीले भर्रखरै स्थापना गरेको
डिजिटल फरेन्सिक ल्याबले फेक एकाउन्ट मार्फत
समाजिक सञ्जाल चलाउने व्यक्तिको पहिचान
गर्न सक्ने छ ।
साथीले पोष्ट गरेका हरेक स्टाटसमा लाईक गर्ने
बाँनी छ भने आजै सुधार्नुहोला । किनकी साईबर
अपराधको दायरामा रहेका स्टाटसलाई लाईक
मात्र गर्दा तपाईँलाई हतकडी लाग्न सक्छ । लाईक
मात्र नभई अपरिचितले पठाएका फ्रेण्ड रिक्वेष्ट
एसेप्ट गर्दा झनै ठुलो अपराधको भागिदार
बन्नुहोला । सँगठित अपराधमा संलग्नले पठाएको
फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा वा तपाईँले त्यस्ता
व्यक्तिलाई साथी मात्र बनाउँदा कानूनी
नजरमा दोषी ठहर हुने साईबर कानुन रहेकाले
सावधान रहन प्रहरीले सचेत गराएको छ ।
प्रविधिको प्रयोगमार्फत गम्भीर प्रकृतिका
अपराध बढेसँगै अनुसन्धानलाई प्रमाण र
परिमाणमुखी बनाउन प्रहरी प्रधान कार्यालयले
डिजिटल ल्याब प्रयोगमा ल्याएको छ । यसले
कम्प्युटर, मोबाइल अनि नेटवर्कमार्फत अपराधजन्य
गतिविधि गर्नेलाई चिन्न सहज बनाएको छ ।
सामाजिक सञ्जालमार्फत हुने अपराधजन्य
घटनाको उजुरी बढेपछि प्रहरीले २०६६ बाटै साइबर
क्राइम सम्बन्धी घटनाको अनुसन्धान थाले पनि
परीक्षण किट र ल्याब भने थिएन । प्रमाणित
सफ्टवेयरको अपराधमा संकलन हुने प्रमाणको
आधिकारिकताको अभावमा अभियुक्तले
सजायबाट उन्मुक्ति पाउने सम्भावना उस्तै थियो
।
अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार
प्रत्येक वर्ष ३० हाराहारीमा प्रहरीमा साइबर
अपराधसम्बन्धी उजुरी आउने गरेका छन् । २०७०–७१
मा ३९ वटा र ०७१–७२ मा ३५ वटा यस्ता उजुरी
परेका थिए । प्रहरीमा पर्ने यस्ता उजुरीमध्ये
अधिकांश सामाजिक सञ्जालसँग सम्बन्धित हुने
गरेको छ ।
ल्याब स्थापनासँगै प्रविधिजन्य सामग्री पेन
ड्राइभ, मोबाइल, कम्प्युटरको तथ्यांक, सामाजिक
सञ्जाल, इमेल र कम्प्युटर प्रयोगकर्ताको पहिचान र
त्यसको प्रयोग गरी भएको आपराधिक
गतिविधिको फेहरिस्त संकलन सहज बनेको प्रहरी
अधिकारी बताउँछन् । जानकार अधिकारीका
अनुसार मोबाइल फरेन्सिक सफ्टवेयर प्रयोगबाट
अनुसन्धानको दायरामा तानिएको
मोबाइलमार्फत भएका गतिविधि, तथ्यांक र
प्रमाण संकलन गर्न सकिनेछ । अब प्रहरी डण्ठे रहेन ।
हरेकजसो अपराधमा प्रविधिको प्रयोग हुन
थालेपछि आफुलाई रुपान्तरण गर्दै प्रहरीले
अनुसन्धानमा प्रविधि र दक्ष जनशक्तिको
प्रयोगमा जोड दिन थालेको छ ।
Home »
Nepali News
» सामाजिक सञ्जाल प्रयोग गर्नेहरुका लागि
सचेत बन्नु पर्ने खबर
सामाजिक सञ्जाल प्रयोग गर्नेहरुका लागि सचेत बन्नु पर्ने खबर
Posted by Unknown
Posted on 8:49 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment