Home » » भारतीय संसदमा फेरि पस्यो नेपाल

भारतीय संसदमा फेरि पस्यो नेपाल


नेपाल मामिलाबारे मोदी सरकारलाई सांसदहरुले
गरे प्रश्नको वर्षा

काठमाडौं, १८ पुस । भारतीय संसदमा एकपटक फेरि
नेपाल पसेको छ ।
भारतको वैदेशिक मामिला हेर्ने संसदीय
समितिमा पसेको नेपाल मामिलामा सांसदहरुले
प्रश्नको वर्षा गरेका छन् । जवाफका लागि आएका
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत एवं
विदेश सचिव एस जयशंकरको पसिनै आएको भारतीय
पत्रिका द हिन्दू ले जनाएको छ ।
सांसदहरुले नरेन्द्र मोदी सरकारको नेपाल नीतिको
पनि कडा आलोचना गरेका छन् झन्डै दुई घण्टासम्म
प्रश्न राखेर उनीहरुले जयशंकरलाई आच्छु-आच्छु पारे ।
समितिका सदस्यहरुले नेपालमा देखिएको संकटलाई
समाधान गर्न भारत कसरी चुक्यो भन्ने प्रश्न
राखेका थिए । उनीहरुले भारतले नेपालमा
मधेसीहरुलाई सहयोग गरेर आन्दोलन लम्ब्याउँदै
नाकाबन्दी गर्यो भन्ने आमबुझाई रहेको र त्यस्ता
बुझाई कम गर्न भविष्यमा भारत सरकारले के गर्छ भन्ने
प्रश्न समेत गरे ।
बैठकका क्रममा एक सांसदले जयशंकरलाई संविधान
बन्नुअघि नेपालमा यस विषयलाइ लिएर व्यापक
छलफल भइरहँदा भारत किन सुत्यो भन्ने प्रश्न राखे ।
उनले जयशंकरको सेप्टेम्बर १८ को भ्रमणलाई लक्षित
गर्दै किन त्यति ढिला नेपाल पुगेर संविधान जारी
हुनअघि त्यसलाई रोक्न खोजेको भन्ने अर्काे प्रश्न
तेस्र्याए । जयशंकरको भ्रमणले नेपालमा संकट
गहिरिएको र मधेसीहरुले आन्दोलन थालेको उनको
भनाई थियो ।
बैठकमा सहभागी अर्का सांसदले भनेका छन्-
‘डिसेम्बर २५ मा चीन र नेपालबीच इन्धन सम्झौता
भएपछि यसले भारत र नेपालबीचको पुरानो
अर्थतन्त्रलाई घटाउन भूमिका खेलेको छ । यस
विषयमा हामीले ध्यानाकर्षण गरायौँ । भारत
सरकारकै कमजोरीका कारण यस्तो परिस्थिती
सिर्जना भयो ।’
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले
बेइजिङमा इन्धन सम्झौता गर्ने सम्झौता गरेर
फर्किएसँगै, अघोषित परम्परा तोड्दै, नेपालका
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो
विदेश भ्रमणका लागि चीन जाने बताएको
पत्रिकामा उल्लेख छ ।
‘भारतले नेपालमा भइरहेका गतिविधीमाथि
ध्यान दिन सकेको छैन । नेपालमा के गर्नुपर्छ भन्ने
विषयमा भारत सरकार जानकार देखिएन ।
अर्काको संविधानमाथि हस्तक्षेप निम्त्याउनु नै
गलत थियो,’ बैठकमा सहभागी अर्का सांसद्ले भने ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved