कार्यक्रम नगर्न स्थानीय प्रशासन र मोर्चाका
कार्यकर्ताको धम्की
वीरगञ्ज, १८ पुस । राष्ट्रव्यापी जागरण अभियान
लिएर मधेसमा उत्रिएको युवा संघ नेपालले पर्साको
वीरगञ्जलाई आफ्नो कब्जामा लिएको छ ।
मधेस आन्दोलनको प्रमुख सेल्टर भनेर चिनिने तथा
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको
राजधानी वीरगञ्जलाई विहीबारदेखि युवा संघ
नेपालले आफ्नो कब्जामा लिएर जागरण अभियान
सुरु गरेको हो । वीरगञ्जको कमाण्ड युवा संघ
नेपालका अध्यक्ष राजीव पहारीले सम्हालेका छन् ।
मोरङको विराटनगरस्थित जोगवनी नाकामा गत
शनिबार भएको मधेसी मोर्चा र प्रहरीबीचको
झडपमा घाइते महतो उपचारका लागि दिल्ली
गएका बेला उनको अड्डा वीरगञ्जलाई युवा संघले
कब्जामा लिएको हो ।
युवा संघका अध्यक्ष राजीव पहारीले वीरगञ्जमा
जागरण अभियान सफलताका साथ चलिरहेको
बताए । ‘कार्यक्रम नगर्न स्थानीय प्रशासन, प्रहरी
र आन्दोलनरत दलका नेता कार्यकर्ताले धम्की
दिएपनि कतिपनि विचलिन नभइकन् हामीले
निरन्तर अभियना अगाडि बढाइरहेका छौं,’
पहारी वीरगञ्जमा भने– ‘हाम्रो कार्यक्रमले
राष्ट्रियतालाई मजबुत बनाउने काम गरेको छ ।’
अध्यक्ष पहारीले मधेका जायज माग पुरा गर्नुपर्ने
भन्दै राष्ट्र विखण्डन गर्न खोज्नेलाई नछाड्ने
चेतावनी दिए । ‘राष्ट्र विखण्डन गर्न खोज्नेलाई
युवा संघ नेपालले छोड्दैन । हिमाल, पहाड र
तराईका नेपालीबीच सदभाव हुनुपर्छ । सदभाव
भड्काउनेलाई वीरगञ्जमा पनि बाँकी राख्दैनौं ।
वीरगञ्ज अब हाम्रो कब्जामा छ,’ पहारीले भने ।
उनले मधेसको विकासका लागि सरकारले आर्थिक
विकासको प्याकेज ल्याउनुपर्ने बताए । ‘भारतमा
ग्राम पञ्चायत चुनाव हारेका नेपालमा सांसद छन् ।
तिनीहरुको नागरिकता छानविन गरी तत्काल
बर्खास्त गर्नुपर्छ,’ उनले भने ।
सरकारले गतिशील भएर काम गर्नुपर्ने उनको सुझाव
थियो । राजेन्द्र महतोको राजधानी मानिने
वीरगञ्जमा यसअघि कुनै पार्टी तथा भातृ संगठन
कार्यक्रम लिएर जान नसकेको बेला युवा संघले भने
पुरै सहर कब्जामा लिएर जागरण अभियान
चलाएको हो ।
यसैगरी मधेसलाई अलग राष्ट्र बनाउने भ्रम पनि युवा
संघले चिर्न सफल भएको छ । ‘विखण्ड गर्नेलाई
कारवाही गर्ने हाम्रो अठोटपछि त्यहाँका
जनतामा सकारात्मक प्रभाव परेको छ ।
विखण्डनविरुद्ध उनीहरु पनि उभिएका छन्,’
पहारीले भने ।
अध्यक्ष पहारी तीन दिनदेखि वीरगञ्जममा
कार्यकर्ता तथा जनतालाई प्रशिक्षण दिनमा
व्यस्त छन् । अभियानमा नेकपा एमालेका
नारायणी सह–इन्चार्ज प्रल्हाद गिरी, सभासद
राजकुमार गुप्ता, गनगा खड्का, केदार तिवारी,
प्रभु हजरा, अरबिन सिंह लगायत युवा नेताहरुले
साथ दिइरहेका छन् ।
0 comments:
Post a Comment