Home » » बाटोमा नै यसरि चुम्बन गरिदिएपछि सुष्माले हानिन लात !

बाटोमा नै यसरि चुम्बन गरिदिएपछि सुष्माले हानिन लात !

अभिनेत्री सुष्मा कार्कीलाई फेरी कामुक
मुद्रामा हेर्न पाईने भएको छ। गायक सुरज
पौडेलको म्युजिक भिडियो छायाँकनको
क्रममा उनलाई निर्देशक शंकर अधिकारी
घायलले कामुक मुद्रामा उतारेका हुन्।
म्युजिक भिडियोको छायाँकन हालै
गरिएको हो।
चिसो मौसममा मोडल केवल भुजेल सँग
अभिनेत्री सुष्मा कार्कीलाई निर्देशक
घायलले खोलामा चोपलेका छन्।
छायाँकनको क्रम मा यी दुवै निथ्रुक्क
भिजेका थिय। शरीर कमाउदै खोलामा
गरिएको पानि छ्यापा-छ्याप गर्ने दृश्य
सहित उनीहरुको रोमान्टिक पलहरु रोचक
थियो।
पहिलोपटक सुष्मासँग स्क्रिन शेयर गर्न
पाउँदा केवल दंग हुँदै भने – ‘सुष्माजीसँग काम
गर्न पाउँदा रमाइलै भइरहेको छ। धेरै कुरा
सिक्ने मौका पाए।’ सुष्मा कार्की
अभिनित फिल्म ‘चलेछ बतास सुस्तरी’ प्रेम
दिवसको अवसर पारेर सार्बजनिक प्रर्दशनमा
आउने तयारीमा छ।
‘गोलीले लागेझै नजरले हानिदेउ’ बोलको
गीतको यो भिडियो एक महिनाभित्र
रिलिज गरिसक्ने बताइएको छ। गीतमा
अर्जुन कार्कीको शब्द, संगीत गायक
स्वयम्को छ। रामेश्वर हुमागाँईले खिचेको
भिडियोमा कोरियोग्राफी प्रदिप
ज्ञवालीले गरेका हुन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved