Home » » अमेरिकी डलर १ सय ८ रुपैयाँ नजिक, सुनको मूल्य ४ सय रुपैयाले घट्यो

अमेरिकी डलर १ सय ८ रुपैयाँ नजिक, सुनको मूल्य ४ सय रुपैयाले घट्यो


मङ्गलवार अमेरिकी डलर महँगिएर १ सय ८ रुपैयाँ नजिक पुगेको छ । मंगलबार प्रतिडलर २८ पैसा थप महँगो भएसँगै विक्रीदर १
सय ७ रुपैयाँ ६० पैसामा कारोवार भएको छ । त्यसैगरी, सुनको मूल्य ४ सय रुपैयाँले घटेर ४८ हजार ५ सय रुपैयाँमा कारोवार
भएको छ । अमेरिकी डलर महँगिदा भारतसहित विदेशी राष्ट्रबाट आयात हुने सम्पूर्ण बस्तुहरुको मूल्य महँगो पर्न जान्छ ।
जसले गर्दा सर्वसाधारणको दैनिकीमा समेत प्रभाव पर्ने गर्दछ । अर्कोतर्फ विभिन्न निर्माणाधीन आयोजनाहरुमा समेत
डलर महँगिदा प्रभाव पर्दछ । रेमिट्यान्समा भने यसले स्वदेशमा सकारात्मक प्रभाव पार्दछ ।
अमेरिकी संघीय बैंकले व्याजदर बढाउने चर्चासँगै विश्वका लगानीकर्ता डलरकेन्द्रित हुँदा डलरको भाउ बढ्न गएको
विश्लेषकहरुको भनाई छ । त्यस्तै, यूरोजोनको आर्थिक अवस्थामा सुधार हुँदै जानु तथा विश्व आतंकवादविरुद्ध
अमेरिकासहित विभिन्न राष्ट्रहरुले सक्रियता देखाउँदा पनि डलर मजबुत बनेको विश्लेषण गरिएको छ । त्यसैगरी, मंगलवार
सुन प्रतितोला ४८ हजार ५ सयमा कारोवार भएको छ । यसअघि सोमवार ४८ हजार ९ सय रुपैयाँ कारोवार भएको
थियो । मंगलवार तेजाबी सुन प्रतितोला ४८ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ । डलरमा आएको
उत्तारचढावको कारण सुनमा पनि उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता
चाँदीको मूल्य भने स्थिर रहेको छ । यो साताभर चाँदीको भाउमा कुनै घटबढ भएको छैन । चाँदीको मूल्य प्रतितोला ६
सय ७५ रुपैयाँमा कारोवार भएकोे छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved