Home » » छोरोको मृत्युको बदला लिन खाली हात कोब्रासँग भिडे पिता

छोरोको मृत्युको बदला लिन खाली हात कोब्रासँग भिडे पिता


(एजेन्सी) दक्षिण भारतका एक व्यक्तिले सर्पसँग खाली हात भिडेको
एउटा भिडियो युट्युवमा भाइरल बनेको छ । उक्त भिडियोमा
धोती लागाएका व्यक्तिले रुखमा रहेको विषालु किङ कोब्रालाई
खाली हात पुच्छरमा समातेर तानेर भुइँमा बारम्बार पछारेको देख्न
सकिन्छ ।
ती व्यक्तिले सात पटक उक्त सर्पलाई भुइँमा पछारेर छाड्छन् । भुइँमा
सर्प हलचल नगरी बसेको देख्न सकिन्छ । धेरैले उक्त सर्प मरेको दाबी
गरेका छन् ।
द सन पत्रिकाका अनुसार उक्त सर्पले ती व्यक्तिको छोरालाई
टोकेर मारेको हुन्छ । त्यसैको बदला लिन उनले सर्पलाई खाली हात
भिड्न पुगेका हुन् ।
उक्त भिडियो युट्युवमा राखेपछि त्यसलाई हेर्नेको संख्या ७
लाखभन्दा बढी नाघिसकेको छ ।
केहीले भने यसलाई जनवारमाथिको ज्यादती भन्दै विरोध समेत गरेका
छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved