Home » » नाकाबन्दीपछि अब संयुक्त राष्ट्रसंघमा नेपालको भाग खोस्न भारतको कसरत

नाकाबन्दीपछि अब संयुक्त राष्ट्रसंघमा नेपालको भाग खोस्न भारतको कसरत


काठमाडौं, १५ मंसिर । अघोषित नाकाबन्दी लगाएर
नेपाललाई झन गरिब बनाइरहेको भारतले अर्काे चलखेल
पनि सुरु गरेको खुल्न आएको छ ।
भारतले संयुक्त राष्ट्रसंघमा नेपालको प्रतिष्ठालाई
धुलोमा मिलाएर शान्ति सेनाको अधिकार खोस्न
लागेको हो । त्यसका लागि भारतले एक जना पूर्वजनरल
अशोक मेहतालाई नेपाल पठाएको छ ।
मेहता सोमबार राति गुपचुप काठमाडौं आएको खुलेको
छ । उनले राजधानीमा राजनीतिक दलका पुराना
नेता सरकारी उच्चअधिकारीलाई भेटिरहेका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)
सदस्य मुलुकको छुट्टै तर संयुक्त शान्ति सेना राष्ट्रसंघ
अन्तरगत रहनुपर्ने लविङ गर्दै आएका मेहता त्यसैका लागि
लविङ गर्न काठमाडौंमा आएको स्रोतको दाबी छ ।
त्यसका लागि उनले नेपालमा रहेको सार्क
सचिवालयका अधिकारीहरुसंग समेत छलफल गरेका छन् ।
सार्क सचिवालयमा भएको भेटवार्तामा सार्क
सचिवालयले क्षेत्रीय शान्ति सेनाको विषय उठाउन
पर्नेमा उनले जोड दिएका थिए । यसअघि पनि
काठमाडौं आएर उनले यो विषयमा पटक पटक बहस छलफल
गरेका थिए ।
यदि सार्कले संयुक्त शान्ति सेनाका लागि अनुमति
दिए नेपालको अधिकार खोसिने छ । सार्क
सचिवालयमा नेपालका अधिकारी नै प्रमुख पदमा छन् ।
हाल राष्ट्रसंघको शान्ति सेनामा नेपालले पहिलो
प्राथमिकता पाउँदै आएको छ । संयुक्त सेना गठन भए
नेपालको संख्या कटौती हुने र गोर्खालीको शान
पनि खट्ने देखिन्छ । जसले विश्वमा चिनिएको विर
गोर्खालीको चिनारी हराउनसक्छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved