Home » » मोदी सरकारको विरोधमा ४० जना कलाकारले फिर्ता गरे राष्ट्रिय अवार्ड

मोदी सरकारको विरोधमा ४० जना कलाकारले फिर्ता गरे राष्ट्रिय अवार्ड

मुम्बई । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार
आएपछि असहिष्णूता बढेका भन्दै अहिलेसम्म ४० जना
कलाकार आफ्नो अवार्ड फिर्ता गरेर विरोध
जनाएका छन् ।
मोदी सरकारका एक जना मन्त्रीलाई संसदमा
सोधिएको प्रश्नमा उनले लेखक र कलाकार गरी ४०
जनाले सरकारलाई अवार्ड फिर्ता गरेको बताए ।
संसदमा जवाफ दिने मोदी सरकार संस्कृति मन्त्री
महेश शर्मा हुन् ।
उनले हाल देशमा भएका घटनाले असहिष्णूता बढेको
भन्दै अधिकांशले सोही कारण अवार्ड फिर्ता
विरोध जनाएको बताए । यस्त्रै मन्त्री शर्माले
कलाकारको सरकारले पूर्ण सुरक्षा गरिने र
सरकारको विरोधमा अवार्ड फिर्ता नगर्न आग्रह
गरे ।
मन्त्री शर्माका अनुसार ३९ जना लेखकहरुले आफ्नो
साहित्य अकादमी अवार्ड फिर्ता गरेका छन् भने,
एक जना कलाकार आफ्नो ललित कला अकादमी
अवार्ड फिर्ता गरेका छन् ।
भारतको राजधानी दिल्लीमा गाइको मासु
घरमा राखेको आरोप एक मश्लीमको गाउँलेले हत्या
गरेपछि (जसलाई दादरी काण्ड भनिन्छ) भारतमा
असहिष्णूताको हावा फैलिएको थियो ।
त्यसपछि कलाकारले प्रधानमन्त्री मोदीलाई नै
भेटेर अवार्ड फिर्ता गरेका थिए । (एजेन्सीको
सहयोगमा)

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved