Home » » मूल्यबृद्धि नियन्त्रण बाहिर जान सक्ने गभर्नरको चेतावनी, भ्रष्टाचार बढ्यो : अर्थमन्त्री

मूल्यबृद्धि नियन्त्रण बाहिर जान सक्ने गभर्नरको चेतावनी, भ्रष्टाचार बढ्यो : अर्थमन्त्री



काठमाडौं, मंसिर १५ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी
नेपालले यस वर्ष मूल्यबृद्धि नियन्त्रण बाहिर जान सक्ने बताएका छन्

भारतीय नाकाबन्दीले आन्तरिकरुपमा मुलुकको अर्थव्यवस्था चौपट
भएको र यसैलाई मौका बनाइ कालोबजारी हुँदा मूल्यबृद्धिको
चाप उच्च हुने उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को मंगलबार काठमाडौंमा
भएको
१८औं स्थापना दिवसको कार्यक्रममा गभर्नर नेपालले मूल्यबृद्धिलाई
साढे ८ प्रतिशतमा सीमित राख्ने लक्ष्यविपरित तीन महिनामै ८
दशमलव ३ प्रतिशत पुगेको बताए ।
बाह्यस्थितिमा अर्थतन्त्र सामान्य अवस्थामा रहेपनि
आन्तरिकरुपमा आर्थिक क्रियाकलाप नै नभएको उनले उल्लेख गरे ।
एउटा छिमेकीसँग मात्रै निर्भर हुँदाको परिणाम हाल मुलुकले
भोगिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले भारतको अघोषित
नाकाबन्दीले समाजमा भ्रष्टाचार बढेको बताए । सरकारले तराई
आन्दोलनको शीघ्र समाधान खोजिरहेको उनको भनाइ थियो ।
बन्द, हडताल र नाकाबन्दीले उद्योग–व्यवसाय बन्द भएको र
रोजगारी गुम्ने खतरा बढ्दै जाँदा समाजमा भ्रष्टीकरण मौलाएको
मन्त्री पौडेलले बताए । भारतले बिना कारण नेपालमाथि
नाकाबन्दी गरिरहेको उनको भनाइ थियो ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले
मुलुकको वर्तमान अवस्थाले उद्योग–व्यवसाय नाजुक हुन पुगेको भन्दै
उद्योगी–व्यवसायीले व्यवसाय नै परिवर्तन गर्न लागेको बताए ।
समाजका संस्थापक अध्यक्ष प्रतीक प्रधान, अध्यक्ष गोकर्ण अवस्थीले
अर्थतन्त्र अति कमजोर अवस्थामा गएकाले गतिरोध अन्त्य गर्न आग्रह
गरे ।
यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका कृष्ण आचार्य र न्यूज २४
टेलिभिजनका नवराज चालिसेलाई प्रदान गरिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved