Home » » गल्ति गर्ने नेतालाई कारवाही हुनुपर्छः खड्का

गल्ति गर्ने नेतालाई कारवाही हुनुपर्छः खड्का

नेपालगन्ज, २ पुस । नेपाली काँग्रेसका नेता
पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका
लागि प्रमुख तीन दल मिलेर अघि बढ्नुपर्ने
बताउनुभएको छ ।
प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित
पत्रकारसम्मेलनमा उहाँले संविधानले सबै नेपाली
जनतालाई समान अधिकार दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो- “मधेस केन्द्रित दलका नेताहरुले
संविधानको अपव्याख्या गरेकाले पनि त्यसलाई
चिर्न तीन दल मिल्नुको विकल्प छैन ।”
उहाँले थप्नुभयो- “भारतले नेपालमाथि लगाएको
नाकाबन्दी असल छिमेकीले गर्ने व्यवहार होइन ।
राष्ट्रियता र मुलुकको सार्वभौमसत्ता र
अखण्डताका विषयमा कसैसँग पनि सम्झौता हुन
सक्दैन ।”
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा
उहाँले नेपाली काँग्रेसका केही नेताले गल्ती ग¥यो
भन्दैमा पार्टी बेठीक हो भन्न नमिल्ने बताउँदै
भन्नुभयो- “अब हामी नेपाली काँग्रेसलाई
सनातनी परम्पराबाट मुक्त गर्ने अभियान सञ्चालन
गर्छौं ।
आप्mनो दलभित्र अब ६०/४० को भागबन्डा
महाधिवेशनअघि नै अन्त्य गरिने र एकताबद्ध भई
पार्टीलाई जनमुखी बनाइने उहाँको भनाइ थियो
। रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved