Home » » ‘अधिकार नपाएसम्म आन्दोलन रोक्दैनौं’

‘अधिकार नपाएसम्म आन्दोलन रोक्दैनौं’


सरकारले जातीय नरसंहार मच्चाइरहेको आरोप
फाइल तस्बिर
जनकपुरधाम, १६ मङ्सिर । राजमार्ग केन्द्रित आन्दोलन सञ्चालन गर्दै आएका संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सरकारले जातीय नरसंहार मच्चाइरहेको
आरोप लगाएका छन् ।
आज धनुषाको ढल्केबरमा आयोजित आमसभामा तराई मधेस लोकतान्त्रिक
पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सङ्घीयताको जननी भएपनि अहिले
मधेसलाई नै सङ्घीयताबाट वञ्चित गराउन खोजिएको बताउनुभयो ।
अहिले मधेसको विरोधमा दलहरु एक ढिक्का भएको धारणा राख्दै उहाँले वर्तमान
सरकारसमेत मधेस विरोधी भएको आरोप लगाउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी जनता आफ्नो अधिकार र
पहिचानको लागि सङ्घर्ष गरिरहेको चर्चा गर्नु भयो ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जारी
आन्दोलनमा सरकारले गरेको बल प्रयोग नरोकिएसम्म वार्ता नहुने धारणा राख्नु
भयो । उहाँले मधेसी जनताले आफ्नो अधिकार नपाएसम्म आन्दोलन जारी रहने
बताउनुभयो ।
तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको
आन्दोलनलाई अहिले निर्णायक बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved