Home » » ग्यास आयत ठप्पै, बुधबार कहाँबाट कति आयो इन्धन ?

ग्यास आयत ठप्पै, बुधबार कहाँबाट कति आयो इन्धन ?

काठमाडौं, मंसिर १६ । भारतसँग सीमा जोडिएका देशका प्रमुख
नाकाहरुबाट बुधबार पनि आयात प्रभावित बनेको छ ।
बुधबार दिनभरमा विराटनगर–जोगबनी नाकाबाट ६ ट्यांकर डिजेल,
२ ट्यांकर पेट्रोलसहित ५१ ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश
गरेका छन् ।
पूर्वको काँकडभिट्टा–पानीट्यांकी नाकाबाट बुधबार दिनभरमा ६
ट्यांकर पेट्रोल, २ ट्यांकर मट्टीतेल
र १ ट्यांकर हवाई इन्धनसहित ८७ ओटा मालबाहक गाडी नेपाल
भित्रिएका छन् ।
यस्तै, बेलहिया–सुनौली नाकाबाट बुधबार पेट्रोलियम
पदार्थबाहेकका गाडीहरुमात्र नेपाल प्रवेश गरेका छन् । त्यो पनि
ज्यादै न्यून मात्रामा रहेको भन्सार कार्यालयले जनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved