Home » » विश्वकप क्रिकेट खेल्ने प्रारम्भिक नेपाली युवा टोली घोषणा, २२ खेलाडी छानिए

विश्वकप क्रिकेट खेल्ने प्रारम्भिक नेपाली युवा टोली घोषणा, २२ खेलाडी छानिए

काठमाडौँ, १६ मङ्सिर । उन्नाइस वर्षमुनिका (यु–
१९) विश्व कपका लागि युवा राष्ट्रिय टोलीका
लागि पहिलो चरणमा २२ खेलाडी छनोट भएका
छन् ।
भर्खरै सम्पन्न यु–१९ सुपर लिग क्रिकेट
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा
आज नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडी छनोट
गरेको हो । छनोट भएकामा राजु रिजाल, आरिफ
शेख, राजवीर सिंह, दीपेन्द्र ऐरी, सौरभ खनाल,
सुशील कँडेल, प्रेम तामाङ, सुनिल धमला, सन्दीप
सुनार, दीपेश श्रेष्ठ र ललितनारायण राजवंशी छन् ।
त्यस्तै शङ्कर राना, कुशल भुर्तेल, हिमांशु दत्त,
योगेन्द्र कार्की, सन्दीप लामिछाने, इर्साद अहमद,
नन्दन यादव, इशान्त पाण्डे, अभिनाश बोहरा,
सागर भण्डारी तथा अविनाश कर्ण छनोट हुन सफल
भए ।
आगामी जनवरी–फेब्रुअरीमा बङ्गलादेशमा हुने
विश्वकपका लागि टोली तयार पार्ने उद्देश्यले
खेलाडीलाई रातो, नीलो र हरियो गरी तीन
टोली बनाएर लिग प्रतियोगिता सञ्चालन
गरिएको थियो । यही मङ्सिर ११ गते सुरु भएको
उक्त प्रतियोगिताको उपाधि रातो टोलीले
जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा
आज भएको अन्तिम खेलमा रातोले हरियोलाई ३४
रनले पराजित गर्दै उपाधि पक्का गरेको हो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved