पुस ४ | सिबी अधिकारी
काठमाडौँ– बहुदलीय व्यवस्था
पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म
१३ प्रधानमन्त्री पायो । मुलुकको
कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने
प्रधानमन्त्री नै हो । तर तीमध्ये १२
प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने
एउटै छन् काठमाडौँ, वसुन्धराका माधव
कार्की ।
मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने
जिम्मेवारी हैन । त्यो महत्वपूर्ण
जिम्मेवारीलाई चालक कार्कीले
कुशलतापूर्वक पूरा गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद
भट्टराईदेखि वर्तमान प्रधानमन्त्री
केपी शर्मा ओलीसम्मलाई चालक
कार्कीले एक्लै हाँकेका थिए ।
मुलुकको शासनको बागडोर सम्हाल्ने
प्रधानमन्त्री एक–दुई हैन १२ जनालाई
सुरक्षित गन्तव्यमा पु¥याउँदा चालक
कार्कीका विभिन्न अविष्मरणीय र
रोचक अनुभूति र अनुभव छन् ।
कार्कीले विसं २०५६ देखि तत्कालीन
प्रधानमन्त्री भट्टराईको गाडी चलाए
। त्यसपछि सूर्यबहादुर थापा,
लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद
कोइराला, शेरबहादुर देउवा, पुष्पकमल
दाहाल, माधवकुमार नेपाल, झलनाथ
खनाल, डा बाबुराम भट्टराई, खिलराज
रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष), सुशील
कोइराला र वर्तमान प्रधानमन्त्री
केपी शर्मा ओलीको गाडी चलाएका
छन् ।
विसं २०४२ मा कृषि मन्त्रालयमा
सवारी चालकका रुपमा सेवा प्रवेश
गरेका कार्कीले २०४७ सालमा गृह
मन्त्रालय हुँदै प्रधानमन्त्री
कार्यालयमा सरुवा भई
प्रधानमन्त्रीको सवारी चलाउने
महत्वपूर्ण जिम्मेवारी पाए । त्यसो त
चालक कार्कीले कुनै संस्थाबाट
तालिम लिएका हैन । तत्कालीन
प्रधानमन्त्री गिरिजाप्रसादको
समयमा मिलन बस्नेतले उनलाई तालिम
दिएका थिए ।
प्रधानमन्त्रीको गाडी सुरक्षा
कारकेडको गतिअनुसार चलाउनु आफैँमा
चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक
सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका
चुनौतीबाट विचलित नभइकन कार्कीले
जिम्मेवारी पूरा गरिरहेका छन् । कुनै
प्रधानमन्त्रीलाई तीव्र गति मन पर्ने र
कसैलाई कम गति मन पर्ने, त्यसैले
व्यक्तिको चाहना र आवश्यकतानुसार
सवारीको गति सन्तुलन गर्नुपर्ने
बाध्यता उनलाई थियो, छ । बाह्र
प्रधानमन्त्रीको निरन्तर सवारी
चलाउँदा त्यसबीचमा फेरबदल भइरहने
प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति
कार्कीमा छ ।
प्रधानमन्त्रीको सवारी चलाउन
नेपाली सेनाका कर्णेल र नेपाल
प्रहरीका प्रहरी नायब निरीक्षकले
प्रशिक्षण दिन्थे । सवारीका बेला
कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड
मोटरसाइकलको गतिमा ९५० देखि ८००
को गतिमा हाँक्नुपर्छ । चालक
कार्कीलाई भने अन्य हँकाइभन्दा
कार्यकारी प्रमुखको गाडी हाँक्न
सजिलो र मज्जा हुन्छ । “
प्रधानमन्त्रीको सवारीमा हर्न
बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र
जाम पनि हुँदैन”, कार्की भन्छन् ।
यतिका प्रधानमन्त्रीसँग हिमचिम हुँदा
पनि त्यस्तो कुनै लाभ लिन नसकेका
उनलाई पेसाप्रति सदैव गौरवको
अनुभूति हुन्छ । “मलाई गौरव लाग्छ, म
आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु,
देशको प्रधानमन्त्रीको सवारी हाँक्न
पाउँदा असाध्यै खुसी र गर्व लागेको
छ” कुराकानीमा कार्कीले भने ।
अबको छ महिनापछि उमेर हदका कारण
सेवानिवृत्त हुन लागेका कार्कीले
बाँकी जीवन सानोतिनो व्यवसाय
गरेर बिताउने योजना सुनाए । उनी
निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट
सेवानिवृत्त हुँदै छन् । कार्कीको
परिवारमा श्रीमतीसहित दुई छोरा र
चार छोरी छन् ।
चालक कार्कीको अनुभवमा मुलुक हाँक्ने
प्रधानमन्त्रीजस्तो व्यक्तिको सवारी
हाँक्ने एउटै चालक हुनु राम्रो हो,
व्यक्तिपिच्छे चालक फेरिँदा सवारी
दक्षता कम हुने हुँदा जोखिम निम्तन
सक्छ ।
बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार
वटा मात्र सवारी फेरिएका छन् ।
अहिलेका प्रधानमन्त्रीको नयाँ
सवारी छ । हालसम्म प्रधानमन्त्रीले
चढ्ने महँगो गाडी भनेको करिब रु सात
करोड मूल्यको छ । सबैभन्दा महँगो
बिएमडब्लु कार हो जसको रु आठ करोड
मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो
कार विशेष समारोहका बेला मात्र
प्रयोग गरिन्छ ।
सामान्यतःप्रधानमन्त्रीको
सवारीमा तीन सुरक्षा निकाय
(नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र
प्रहरी बल) का गाडी र ट्राफिक
प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् ।
दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ
खटिन्छन् तर विशेष समारोहमा गाडी
पनि बढी हुन्छन् । मोटरसाइकल कारकेड
नौ वटा अघिपछि र दायाँबायाँ १०
वटा हुन्छ ।
प्रधानमन्त्रीका आफ्नै सोख
चालक कार्कीले अहिलेसम्मका
प्रधानमन्त्री थरिथरि सोखका
पाएका छन् । वर्तमान प्रधानमन्त्री
ओली तथा तत्कालीन प्रधानमन्त्री
देउवा, दाहाल र भट्टराईलाई बढी गति
मन पर्छ । थापा र निवर्तमान
प्रधानमन्त्री सुशीललाई भने कम गति
मनपर्छ । यतिका प्रधानमन्त्रीमध्ये
गिरिजाप्रसादले मात्र चालक
कार्कीका बारे बढी चासो लिएका
थिए । प्रधानमन्त्री कोइरालाले त
तीन पटक उनको घरमा पुगी अवस्थाबारे
सोध्थे । अहिलेका प्रधानमन्त्री
ओलीले पनि घरपरिवारको अवस्थाबारे
चासो लिन्छन् ।
कार्कीले भने, “प्रधानमन्त्री ओलीले
आफ्नो परिवारका सबैलाई
बालुवाटारमै बोलाएर सामूहिक
तस्बिर खिंचाएका थिए । अरुसँग
त्यस्तो क्षण रहेन ।” चालक कार्कीको
निपुणतालाई देखेर तत्कालीन
प्रधानमन्त्री दाहालको समयमा
उनलाई निजामती पुरस्कार–२०६५ बाट
सम्मान गरिएको थियो ।
Home »
Nepali News
» बाह्र प्रधानमन्त्री हाँक्ने एक्ला
चालक
बाह्र प्रधानमन्त्री हाँक्ने एक्ला चालक
Posted by Unknown
Posted on 3:17 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment