पुस ४, २०७२- जानकी मन्दिरका महन्थ रामतपेश्वर
दास वैष्णवले 'रामजानकी विवाह महोत्सव'को
क्रममा गत बुधवार जानकी मन्दिर भित्र भएको
घटनालाई दुर्भाग्यपूर्ण भन्दै यसलाई मिथिला
संस्कृतिमाथिको प्रहार भनेका छन् ।
विवाह महोत्सवमा सहभागी भएकी राष्ट्रपति
विद्यादेवी भण्डारीका निजी अंङरक्षक तथा
सुरक्षार्थ खटिएका अन्य सुरक्षाकर्मीहरु जूता
चप्पल, छालाका बेल्टआदि लगाएर मन्दिर भित्र
प्रवेश गरेका थिए । खोजी कुकुरहरुलाई मन्दिर
भित्र छिराइएको थियो ।
त्यस्तै राष्ट्रपति भण्डारीको बिरोध गर्न पुगेका
केही आक्रोशित स्थानीयवासीले मन्दिरको
गर्भगृह -मूर्ति राखिएको पवित्र स्थान) सम्म
जूता लगाएरै प्रवेश गरेका थिए । उनीहरुले
गर्भगृहमा रहेको चाँदीको ढोकामा तोडफोड
समेत गरेका थिए ।
महन्थ दासले राष्ट्रपति भण्डारीसंग आएका
विशिष्ठ व्यक्ति तथा सुरक्षाकर्मीहरु जूता
लगाएर भित्र पस्नु एवं केही व्यक्ति जूता
चप्पलसहित गर्भगृहसम्म प्रवेश गर्नु दुबै घटनालाई
मिथिला संस्कृतिमाथिको आक्रमण बताएका
छन् ।
शनिवार पत्रकार सम्मेलन आयोजन गरी दासले
भने-'सबैलाई थाहा छ ,मन्दिर भित्र जूता चप्पल
लगाएर प्रवेश गर्न निषेध छ र पनि जानी जानी
मन्दिर भित्र प्रवेश गर्नु अपराध हो ।' मन्दिर
भित्र प्रवेश गरी तोडफोड गर्ने
स्थानीयवासीको तस्वीर तथा भिडियो
आफूसंग सरक्षित रहेको महन्थ दासले जानकारी
दिए । 'नागरिक समाज,संचारकर्मी तथा
आरोपीहरु समेतलाई बोलाई ,घटना सार्बजनिक
गर्ने छौं' उनले भने ।
राष्ट्रपति भण्डारी जानकी मन्दिर भ्रमण गरे
यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संयुक्त
युवा संघर्ष समिति, मधेसी अधिकार संघर्ष
समितिलगायतका आन्दोलनरत्त दल तथा संघ
संस्थाहरु जानकी मन्दिरका महन्थ रामतपेश्वर
दास वैष्णव विरुद्ध खनिएका छन् । मोर्चा घटक
सद्भावना पार्टीका अध्यक्ष संजयकुमार सिंह,
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष
शेषनारायण यादव, तराईमधेस लोकतान्त्रिक
पार्टीका परमेश्वर साहलगायतले महन्थ
दासमाथि कार्यवाहीको माग गर्दै आएका छन् ।
उनीहरुले १६बुंदे समझौता हस्ताक्षरकर्ता दलकी
नेतृ विद्यादेवी भण्डारीलाई आमन्त्रण गरी
बोलाएकोमा विरोध जनाउँदै आएका छन् ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा महन्थ
दासले आफूले राष्ट्रपति भण्डारीलाई निम्तो
दिएर नबोलाएको दावी गरे । उनले भने-'महन्थहरु
भूमिसुधार मन्त्रालयको मातहातमा हुन्छन् ।
मन्दिर भित्र आउने श्रद्धालुलाई रोक्न सकिन्न ।
भिआइपीहरुलाई माला प्रसाद दिएर पठाउने
परम्परा नै छ ।'
मिथिलाको परम्परा विपरीत एकल महिलालाई
वैवाहिक कार्यक्रममा मुख्य अतिथि बनाएको
भन्दै अधिकांश जिल्ला स्तरीय नेताहरुले
सार्वजनिक रुपमै आपत्ती जनाएका थिए ।
यद्यपि शनिवार कान्तिपुरसंगको भेंटमा
तमलोपा धनुषाका अध्यक्ष परमेश्वर साहले
आफूहरुको आशय एकल महिलालाई अपमान गर्नु
नभएको बताए -'हामीले मिथिलाको
परम्पराको विषयमात्र उठाएका हौं । यसलाई
अतिरञ्जित गरेर प्रचार गरियो', साहले भने ।
राष्ट्रपति भण्डारी जानकी मन्दिर प्रवेश गरे
यता मन्दिर अशुद्ध भएको उल्लेख गर्दै मधेस
अधिकार संघर्ष समतिले बिहीवार तथा संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार मन्दिर
शुद्धीकरण गरेका थिए । उनिहरुले गंगाजलबाट
मन्दिरको भित्री तथा बाहिरी भाग
पखालेका थिए ।
यसै गरी शनिवार संयुक्त युवा संघर्ष समितिको
अगुवाईमा मन्दिरको मुख्य ढोकालाई
दूध,दही,घृतआदिबाट शुद्धीकरण गरिएको थियो ।
समितिका अध्यक्ष धर्वेन्द्रकुमार साहले
मन्दिरभित्र जूता चप्पल लगाएर प्रवेश गरेको
कारण शुद्धीकरण गरिएको बताए ।
घटना छानविन गर्न समिति गठन
रामजानकी विवाह महोत्सवको क्रममा
जानकी मन्दिरको गर्भगृहमा जूता चप्पल लगाएर
प्रवेश गरेको तथा राष्ट्रपतिलाई निम्तो दिई
बोलाए/नबोलाएको घटना बारे छानविन गर्न
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छानविन
समिति गठन गरेको छ ।
समितिमा मोर्चा सम्बद्ध चारै दलका जिल्ला
स्तरका नेतासँगै आन्दोलनरत्त अन्य दल तथा संघ
संस्थाका प्रतिनिधीहरु पनि सदस्य छन् ।
समितिले शनिवार जानकी मन्दिरका महन्थ
रामतपेश्वर दास वैष्णवसँग भेटी घटना बारे
जानकारी लिएका थिए । यसै गरी मन्दिर भित्र
प्रवेश गरी तोडफोड गर्ने व्यक्तिको खोजी भई
रहेको समितिका सदस्य राजेशकुमार कर्णले
जानकारी दिए ।
Home »
Nepali News
» जानकी मन्दिरका महन्थले भने 'मिथिला संस्कृतिमाथि प्रहार भयो'
जानकी मन्दिरका महन्थले भने 'मिथिला संस्कृतिमाथि प्रहार भयो'
Posted by Unknown
Posted on 3:24 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment