Home » » बिदा मनाउन पूर्वराजपरिवार थाइल्यान्ड जाँदै

बिदा मनाउन पूर्वराजपरिवार थाइल्यान्ड जाँदै


२१ मंसिर, काठमाडौं । मुलुकमा राजतन्त्र फर्काउने
हल्ला चलेका बेला पूर्वराजपरिवार थाइल्यान्ड
भ्रमणमा जाने भएको छ । पूर्वयुवराज्ञी हिमानी शाह
जाडो बिदा मनाउन थाइल्यान्ड जाने तयारीमा
रहेको नेपाल समाचारपत्र मा खबर छ ।
मंसिर अन्तिम साता पूर्वयुवराज्ञी हिमानी शाह,
छोरीद्वय पूणिर्का, कीर्तिका र छोरा हृदयेन्द्रलाई
लिएर थाइल्यान्ड भ्रमणमा जान लागेकी हुन् । उनी
गएको केहीदिनपछि पूर्वरानी कोमलसमेत जाने
कार्यक्रम रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पनि पुसको अन्तिम साता
वा माघमा थाइल्यान्ड जाने कार्यक्रम रहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved