विराटनगर, २० मङ्सिर / (फाइल तस्विर) सप्तरीको
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका
आन्दोलित स्वास्थ्यकर्मीको समर्थनमा आज मोरङका आठ
स्वास्थ्यकर्मीको संस्थाले विराटनगरमा संयुक्त रुपमा
प्रदर्शन गरेका छन् । विराटनगरस्थित कोसी अञ्चल अस्पताल
चोकबाट स्वास्थ्यकर्मी तथा प्राविधिक निस्केको
पदयात्राले दोषी प्रहरीमाथि कारबाहीलगायत प्लेकार्ड
बोकेर विराटनगरको ट्राफिक चोक, महेन्द्रचोक हुँदै जिल्ला
प्रशासन कार्यालयमा पुगेर ज्ञापनपसमेत बुझाएका छन् ।
प्रधानमन्त्री कार्यालयका लागि बुझाइएको सो
ज्ञापनपत्रमा स्वाथ्यकर्मीमाथि प्रहरीको दमनको क्रममा
घाइते स्वास्थ्यकर्मीको उपचारको व्यवस्था र दोषी
प्रहरीमाथि कारबाहीको माग गरिएको छ । यही मङ्सिर
६ गते राजविराजस्थित सो अस्पतालको परिसरमा प्रहरीले गरेको ज्यादतीका विरुद्ध त्यहाँका स्वास्थ्यकर्मी आन्दोलित छन् ।
Home »
Nepali News
» बिराटनगरका स्वास्थ्यकर्मीहरु अस्पताल छाडेर प्रर्दशनमा निस्केपछि …….
बिराटनगरका स्वास्थ्यकर्मीहरु अस्पताल छाडेर प्रर्दशनमा निस्केपछि …….
Posted by Unknown
Posted on 2:31 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment