भैरहवा, २० मंसिर । रुपन्देहीको नेपाल-भारत सीमा नाका बेलहियामा धर्ना दिन आएका मधेसी मोर्चाका नेता
कार्यकर्तालाई भारतीय प्रहरीले लखेटेको छ ।
सुरक्षा खतरालाई मध्यनजर गर्दै बेलहियामा बस्न लागेका आन्दोलनकारीलाई भारतीय प्रहरीले लखेटेको हो । उनीहरु
सीमा अवरोध गर्न भारतीय भूमि पुगेका थिए । तर, भारतीय प्रहरीले लखेटेपछि नेपालतर्फको भुमिमा आएका थिए ।
लगत्तै नेपाल प्रहरीको एक टोलीले उनीहरुलाई लखेट्यो भने चार नेतासहित ६ जनालाई पक्राउ गर्यो ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक
पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव
(गुल्जारी) र तमसपाका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव रहेका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धि गुरुङका अनुसार धर्ना दिन बसेका कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंह पनि
पक्राउ परेका छन् ।
भारतका कतिपय जिल्लाहरुमा भईरहेको स्थानीय निर्वाचनको कारण देखाउंदै मोर्चाका नेता तथा कार्यकर्तालाई
भारतीय भूमिमा रहेर अवरोध गर्न नदिईएको स्रोतले जनाएको छ ।
Home »
Nepali News
» मधेसी मोर्चाका नेता, कार्यकर्तालाई बेलहिया नाकाबाट भारतीय प्रहरीले लखेट्यो, नेपाल प्रहरीले नियन्त्रणमा लियो
मधेसी मोर्चाका नेता, कार्यकर्तालाई बेलहिया नाकाबाट भारतीय प्रहरीले लखेट्यो, नेपाल प्रहरीले नियन्त्रणमा लियो
Posted by Unknown
Posted on 2:26 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment