| (एजेन्सी)
जापानमा नयाँ सेवा सुरु भएको छ ।
काममा व्यस्त र साथि बनाउन
नपाएका महिलाहरुले भाडामा पुरुष
साथी लिन पाउनेछन् । उनीहरुले आफू
बेखुसी वा उच्च तनावमा भएका बेला
त्यस्ता पूरुषलाई बोलाउन सक्छन् ।
लाईसेन्स प्राप्त पुरुषहरुले रुने थेरापी गरेर
महिलाहरुको तनाव घटाउन भूमिका
खेल्छन् । सेप्टेम्बर २४ बाट जापानमा
यस्तो सेवा सूचारु भएको थियो र
अहिले थुप्रै महिलाहरु यस्तो सेवामा
आकर्षित छन् । आफ्नो अवस्थाअनुसार
महिलाहरुले तनाव हटाउन भाई,
बौद्धिक व्यक्ति, ब्याड ब्वाई र
आकर्षक पुरुष बोलाउन सक्छन् । सबैको
विशेषता फरक फरक हुनेछ । यस्तो
योजना बनाउने हिरोकी तेराई भन्छन्,
टोकियोमा काम गर्ने जापानी
महिलाहरु निकै तनावमा हुन्छन् ।
कहिलेकाँही रुन्छन् समेत । हामी
उनीहरुको आँशु हटाउन चाहन्छौँ ।
केहीले यस योजनालाई यौनकार्यका
रुपमा विश्लेषण गरेका छन् । तर तेराई
यसलाई खण्डन गर्छन् । उनी यस
योजनाको सुरुआतबाटै महिलाहरुले पुरुष
बोलाउने काम सुरु भएको बताउँछन् ।
उनी महिलाहरुलाई रुवाएर उनीहरुको
तनाव घटाउन र राम्रो अनुभव गराउन
मात्रै यस्तो योजना ल्याइएको
बताउँछन् ।
दुःख साट्न जापानी महिलाले अब भाडामा पुरुष लिन पाउने
Posted by Unknown
Posted on 12:36 AM
with No comments
Labels:
World
0 comments:
Post a Comment