काठमाडौं, १९ मंसिर । भारतका प्रधानमन्त्री
नरेन्द्र मोदीको निमन्त्रणमा सदभावना
पार्टीका अध्यक्ष राजेन्द्र महतो भारत प्रस्थान
गरेका छन् । उनीसँग तराई मधेस सदभावना
पार्टीका अध्यक्ष महेन्द्रराय यादवपनि भारत
गएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष
नेतासमेत रहेका महतो र यादव कार्यकर्ता भेट्ने भन्दै
चोर बाटोबाट दिल्ली प्रस्थान गरेको
मोर्चाका एक नेताले जानकारी दिए । ‘उहाँहरु
सितामढी जानुभयो, त्यहाँबाट पटना भएर आजै
साँझ दिल्ली पुग्नुहुनेछ । सितामढी विरामी
कार्यकर्ता भेट्ने भनेका छन्,’ ती नेताले भने ।
उनका अनुसार गत बिहीबार सर्लाहीको नवलपुरमा
मोर्चाको आमसभामा प्रहरीले चलाएको गोली
लागी घाइते भएका कार्यकर्तालाई भेट्न भन्दै दुवै
अध्यक्ष शनिबार विहानै सितामढी प्रस्थान
गरेका हुन् । मोर्चाका घाइते कार्यकर्ताको
भारतको सितामढीमा उपचार भइरहेको छ ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष
उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक
पार्टीका अध्यक्ष महन्थ ठाकुर आइतबार दिउँसो
काठाडौंबाट दिल्ली जाँदैछन् ।
दिल्ली पुगेर मोर्चाका नेताहरुले मधेस आन्दोलन र
सरकारी दमनबारे मोदीलाई ‘विफ्रिङ’ गर्ने
कार्यक्रम रहेको ती नेताले बताए । भारतीय
विदेशमन्त्री सुष्मा स्वराजलाई पनि नेताहरुले
भेट्नेछन् ।
Home »
Nepali News
» राजेन्द्र महतो चोर बाटोबाट दिल्ली प्रस्थान, महेन्द्र पनि भ्रमणमा निस्किए
राजेन्द्र महतो चोर बाटोबाट दिल्ली प्रस्थान, महेन्द्र पनि भ्रमणमा निस्किए
Posted by Unknown
Posted on 2:10 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment