Home » » यौनकर्मीसँगको सहबासमा एड्सबाट बच्ने उपाय

यौनकर्मीसँगको सहबासमा एड्सबाट बच्ने उपाय


यौनकर्मीसँगको सम्पर्क ?
यौनकर्मी अर्थात् यौन व्यवसायमा संलग्न व्यक्तिसँग यौनसम्पर्क गर्दा एचआईभीलगायत विभिन्न यौनरोगको संक्रमणको
सम्भावना बढी हुने कुरा त पक्कै सुन्नुभएकै होला, तर यहाँ यौनसम्पर्क कत्तिको सुरक्षित थियो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
असुरक्षित यौनसम्पर्कमा संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले सुरक्षित बनाउन कन्डमको सही प्रयोग अनिवार्य छ ।
कन्डम फुटेका कारणले तपाईंको यौनसम्पर्क असुरक्षित बनेको कुरा स्पष्ट नै छ ।
मुख्य रूपमा यौनसम्पर्क वा अन्य यौन क्रियाकलाप गर्दा योनिबाट निस्किएको रस तपाईंको शरीरको भित्री छाला
अर्थात् श्लेष्म झिल्ली (mucus membrane) को सम्पर्कमा आएको छ कि छैन वा तपाईंको अङ्ग (जस्तै कि हात, मुख वा
लिङ्गमा) अन्य कुनै खुला चोटपटक वा घाउ थियो कि थिएन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
कन्डम फुटेको कुरा
यौनसम्पर्कमा कन्डम प्रयोग गर्नुले तपाईंमा केही सजगता देखिन्छ । कन्डमको प्रयोगले यौनरोगको संक्रमण तथा गर्भ
दुवैबाट बचाउँछ । यसरी कन्डम फुटेको स्थितिमा त्यसले काम गर्ने कुरा भएन अर्थात् यौनरोगको संक्रमण हुने वा गर्भ रहने
सम्भावना हुन्छ । तपाईंलाई यौनसम्पर्क राखेकी महिला गर्भवती होलिन् भन्ने पिरचाहिँ नहोला ।
सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ । कतिपय स्थितिमा कन्डम फुट्न सक्छ । कन्डम
नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा तपाईंलाई थाहै होला । अब कन्डम फुटेको स्थितिमा गर्नुपर्ने कामका
बारेमा चर्चा गरौं ।
– कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन्, शान्त रहने प्रयास गर्नुपर्छ
जसले सही निर्णय गर्न सहयोग गर्छ ।
– यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोक्नुपर्छ र लिङ्ग निकाल्नुपर्छ अनि
नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ ।
– वीर्य स्खलन भैसकेको भए सावधानीपूर्वक लिङ्ग झिक्नुपर्छ । त्यसपछि लिङ्ग तथा त्यसवरिपरिको क्षेत्र साबुन तथा
मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ ।
– कन्डम फुटेको स्थितिमा त्यसको सम्भावित असरका बारेमा आफ्ना जोडीसँग विस्तृत रूपमा कुराकानी गर्नुहोस् ।
आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनुपर्छ र अहिले तपाईंले गर्नुभएजस्तो एचआईभी वा यौनरोग भए–
नभएको कुरा पनि सोच्नुपर्यो ।
मलाई एचआईभीको डर छ
तुलनात्मक रूपमा यौन पेसामा लागेका महिलामा एचआईभी हुने सम्भावना बढी हुने भए पनि यौन पेसामा लागेका सबै
महिला एचआईभी संक्रमित हुँदैनन् । यस्तो स्थितिमा रोग सर्ने कुरा भएन तर कुन व्यक्ति संक्रमित छ र को छैन भन्न गाह्रो
छ । एकपटकको यौनसम्पर्क नै एचआईभी सर्नका लागि पर्याप्त हुनसक्छ तर यहाँ जति धेरै व्यक्तिसँग असुरक्षित यौनसम्पर्क
भयो सम्भावना त्यति नै बढी हुन्छ ।
कन्डम फुटेपछि योनिरस तपाईको श्लेष्म झिल्लीको सम्पर्कमा आएको हुन सक्छ । यदि उहाँ एचआईभी संक्रमित हुनुहुन्थ्यो
भने तपाईंलाई सर्न सक्ने नै भयो ।
समाधानका लागि के गर्ने ?
अहिलेको स्थितिमा तपाईंले आफ्नो जिज्ञासा शान्त पार्न आफूलाई एचआईभी संक्रमण भए–नभएको थाहा पाउन
रगतको परीक्षण गराउनुपर्छ ।
चिकित्सा विज्ञानमा कतिपय स्थितिमा गणितजस्तो ठयाक्कै यस्तो हो भन्न सकिने अवस्था नरहन सक्छ । स्वेच्छिक
एचआईभी/एड्स परामर्श तथा परीक्षणसम्बन्धी नेपालको राष्ट्रिय निर्देशिकाले HIV Rapid Test गर्दा एकसाथ दुई फरक
परीक्षणहरू गर्नुपर्ने कुरा उल्लेख छ । यदि यी दुवै परीक्षणबाट नकारात्मक नतिजा आए उक्त व्यक्तिमा एचआईभी नभएको
भनिन्छ । यी दुईमध्ये एकमा नकारात्मक र अर्कोमा सकारात्मक भए अर्को परीक्षण (Tie Breaker Test ) ELISA वा
अर्को विधिबाट परीक्षण गरेर नकारात्मक भए एचआईभी नभएको र सकारात्मक भएमा एचआईभी भएको भनिन्छ । यो
व्यक्ति–व्यक्तिमा फरक पर्ने भए पनि यस्तै तीन महिनापछि भने एचआईभी भए नभएको रक्त परीक्षण गराइन्छ ।
एचआईभी संक्रमण कुनै व्यक्तिलाई भएपछि केही समय पछि (Acute Phase मा) नै यौनसम्पर्क भए अर्को व्यक्तिलाई सर्न
सक्छ । रगतमा एचआईभीको प्रतिजैविकी देखिनुभन्दा पहिले नै यो रोग सर्न सक्छ भन्ने पनि हेक्का राख्नुपर्छ । यस
विषयमा विस्तृत रूपमा बुझ्न एचआईभी एड्सको क्षेत्रमा कार्य गरिरहेको चिकित्सक वा स्वास्थ्यकर्मीबाट वा स्वास्थ्य
संस्थाबाट परामर्श लिन सक्नुहुन्छ ।
यौनेच्छा शान्त पार्ने तरिकामा तपाईंको इच्छा सर्वोपरि हुने भए पनि अन्य विकल्पहरू अपनाउन सक्नुहुन्छ । तपाईंको
विवाह भयो–भएन थाहा भएन, तर यदि नभएको भए श्रीमतीसँग नियमित यौनसम्पर्क यौनेच्छा शान्त उत्तम उपाय हो ।
हस्तमैथुन अर्को राम्रो विकल्प हो । अनि अर्को व्यक्तिसँगको यौन क्रियाकलापमा पनि यौनाङ्ग नपसाउने अनि
श्लेष्म (Mucus), वीर्य वा योनि रसको सम्पर्क नआउने उपाय अपनाए एचआईभी सर्ने सम्भावना कम गर्न सकिन्छ । डा.
राजेन्द्र भद्रा.साप्ताहिक


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved