Home » » महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन्?

महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन्?


यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको
मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।
यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले
ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा
गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।
यौन क्रिडामा पुरा ध्यानः
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२
प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ,
मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने
अध्यनको निष्कर्ष छ ।
पाक क्रिडा महत्वपूर्णः
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै
उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले
पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।
आनन्द र सन्तुष्टीबीच फरकः
किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए ।
यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।
विस्तारै गरेको राम्रोः
यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही
पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।
वातावरणको भूमिकाः
शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो
मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो
। त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।
आसनको भूमिकाः
यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर
उनीहरुको तल २-३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर
यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार
हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।
विभिन्न तरिकाः
अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको
सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९०
प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।
हतार नगर्नुस्
अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै
नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष
त्यतिन्जेल पनि हतारिने बताए ।
संवेदनशील अंगको पहिचानः
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा
महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने G-स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ ।
G-स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको
प्रयोग महत्वपूर्ण हुन्छ ।
थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन
पुरुषहरु अधिकाँश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको
बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved