Home » » २ करोडमा नेपाल भित्रियो साहरुखको ‘दिलवाले’

२ करोडमा नेपाल भित्रियो साहरुखको ‘दिलवाले’


बलिउड सुपरस्टार साहरुख खानको निर्माण तथा अभिनय रहेको चलचित्र ‘दिलवाले’ नेपालमा महंगो रकममा किनिएको छ
। साहरुखको ब्रान्ड भ्यालु र नेपालमा उनको क्रेजका कारण चलचित्रको मुल्य २ करोड पुगेको दर्शना आट्सले जनाएको छ ।
नेपाली तथा हिन्दी चलचित्र वितरण गर्दै आएको दर्शना आट्सले यो चलचित्रलाई महंगो रकम तिरेर किनेको हो । दर्शनाले
अहिलेसम्म सबैभन्दा महंगो रकम यही चलचित्रलाई तिरेको छ ।
२ करोड रुपैयाँ उठ्छ त भन्ने प्रश्नमा, दर्शनाका प्रबन्ध निर्देशक गोविन्द सापकोटाले भने-‘साहरुखको नेपालमा क्रेज र
हलहरुको डिमाण्डका कारण सजिलै रकम उठ्नेमा विश्वस्त छौ ।’
उनले काठमाण्डौ बाहिरका ९० र काठमाण्डौका २१ वटा हलमा यो चलचित्र लाग्ने बताए । रोहित सेट्टीको
निर्देशनमा बनेको यो पारिवारिक चलचित्रमा साहरुखका साथमा काजोल, बरुण धवन, कृती सेननको मुख्य भूमिका छ ।
डिसेम्बर १८ बाट रिलिज हुने चलचित्रका लागि देशभरका मल्टिप्लेक्सले प्रशस्त शो दिने तयारी गरेका छन् । यसैविच, नायक
साहरुख खानले नेपालका फ्यानका लागि आफ्नो ट्विटरको माध्यमबाट सन्देश दिने तयारी पनि भएको दर्शनाले बताएको
छ । साहरुखले ‘चेन्नई एक्सप्रेस’ प्रदर्शनको समयमा पनि नेपाली फ्यानलाई भिडियो मार्फत सन्देश दिएका थिए । अहिले
विश्व बजारमा यो चलचित्रको माग उच्च छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved