पुस ५, २०७२- पत्रकार
भोजराज भाटको वृत्तचित्र
‘सुनकली’ले दुबईको आवुधाबी र स्पेनको
विल्वाओमा छुट्टाटुट्टै दुई वटा
अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।
स्पेनको विल्वाओ सहरमा आयोजित
मेन्डी फिल्म फेस्टिबलमा ‘सुनकली’ लाई
‘नेचर एन्ड कल्चर’ विधामा उत्कृष्ट
फिल्मका लागि ट्रफी प्रदान गरिएको
हो ।
यसै हप्ता खेल पत्रकारको विश्वव्यापी
छाता सङ्गठन ९एआइपिएस०ले वर्षभरिका
खेलसँग सम्बन्धित विभिन्न विधामा
उत्पादन गरिएका उत्कृष्ट समाचार तथा
वृत्तचित्रलाई पुरस्कृत गर्नेक्रममा
नेपालको ‘सुनकली’ वृत्तचित्रलाई पाँच
हजार अमेरिकी डलर राशिको पुरस्कार
दिएको हो । गत बुधबार युएईको
राजधानी आवुधाबीमा सम्पन्न पुरस्कार
वितरण समारोहमा सुनकलीलाई
वृत्तचित्र विधामा तेस्रो पुरस्कार
दिइएको हो ।
यसअघि ‘सुनकली’लाई इटलीको
मिलानमा ३३औँ मिलानो इन्टरनेसनल
फिक्स्ट फिल्म फेस्टिबलमा मुभी एन्ड
टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड
पाएको थियो । स्पेन र आवुधाबीमा
पाएको दुई वटा अवार्ड गरी अहिलेसम्म
सुनकलीले १२ वटा अन्तर्राष्ट्रिय अवार्ड
पाइसकेको निर्देशक भाटले जानकारी
दिए ।
पचास मिनेट लामो सुनकली
वृत्तचित्रमा मुगुकी १३ वर्षीया सुनकली
बूढा र उनकी साथीहरुको फुटबल
कथालाई उतारिएको छ । आफूहरुले
पाएको एक दर्जन अन्तर्राष्ट्रिय
पुरस्कार तथा ट्रफीले नेपाली वृत्तचित्र
पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा
गर्न सक्षम रहेको सन्देश गएको निर्देशक
भाटले बताए ।
Home »
Nepali News
» ‘सुनकली’लाई पाँच हजार डलरसहित दुई अन्तर्राष्ट्रिय
अवार्ड
‘सुनकली’लाई पाँच हजार डलरसहित दुई अन्तर्राष्ट्रिय अवार्ड
Posted by Unknown
Posted on 6:14 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment