Home » » पूर्व युवराज्ञी हिमानी थाइल्याण्ड प्रस्थान

पूर्व युवराज्ञी हिमानी थाइल्याण्ड प्रस्थान

मंसिर २८, २०७२- पूर्व
युवराज्ञी हिमानी शाह
सोमबार थाइल्याण्ड उडेकी छिन् ।
उनी थाइ एयरवेजको बोइङ ७७७ जहाज
मार्फत बैंकक उडेकी हुन् । दिउँसो १ बजेर
५५ मिनेटमा त्रिभुवन विमानस्थलबाट
उडेकी शाहको भ्रमणबारे उनको सुरक्षा
गार्डले धेरै कुरा गर्न चाहेनन् ।
हिमानी के प्रयोजनको लागि बैंकक
प्रस्थान गरेकी हुन् भन्ने प्रश्नमा सुरक्षा
गार्डले भने, 'उहाँको निजी भ्रमण हो ।
यसबारे थप कुरा नसोध्नुहोला ।'
हिमानी यसघि उनका पति पारस
बैंककमा लागु औषध करोबारमा संलग्न
रहेको आरोपमा पक्राउ परेपछि भेट्न
पुगेकी थिइन् ।
पारस शनिबार बेलुकी बंगलामुखी
दर्शनको लागि गएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved