Home » » थरुहट र मधेसी दलले माग्दैमा कैलाली-कञ्चनपुर टुक्रिदैन्:- नेता लेखक

थरुहट र मधेसी दलले माग्दैमा कैलाली-कञ्चनपुर टुक्रिदैन्:- नेता लेखक


सुदूरपश्चिम अखण्ड रहने भनाई

बैतडी, २८ मङ्सिर । नेपाली काँग्रेसका नेता रमेश
लेखकले सुदूरपश्चिम कुनै पनि हालतमा टुक्रिन नदिइने
बताउनुभएको छ ।
स्थानीय श्रीकेदारमा आज साँस्कृतिक
महोत्सवको उद्घाटन गर्दै नेता लेखकले सुदूरपश्चिम
टुक्रिए समाजिक सद्भाव भड्किने सम्भावना
भएकाले यो अखण्ड नै रहने छ भन्नुभयो ।
सुदूरपश्चिमको अलग्गै पहिचान र इतिहास रहेको
बताउँदै उहाँले भन्नुभयो “थरुहट र मधेसकेन्द्रित दलले
विरोध गर्दैमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर
टुक्रिँदैनन् । “ रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved