Home » » गृहमन्त्री बस्नेतले भने- गल्ति भयो, माफी दिनुस्, आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता...

गृहमन्त्री बस्नेतले भने- गल्ति भयो, माफी दिनुस्, आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता...

काठमाडौँ, २८ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर
बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित
व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा
आत्मआलोचना गर्नुभएको छ ।
एकीकृत नेकपा (माओवादी)को पार्टी
कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको
केन्द्रीय समितिको बैठकमा गृहमन्त्री बस्नेतले
भूकम्पपीडितका नाममा असम्बन्धित व्यक्तिलाई
चीन पठाएको विषयमा लिखित रुपमा
आत्मआलोचना गर्दै र आगामी दिनमा त्यस्तो
गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठक सुरु हुनेबित्तिकै अध्यक्ष पुष्पकमल दाहालले
लिखित रुपमा आत्मआलोचना गर्न वा
राजीनामा दिन मन्त्री बस्नेतलाई निर्देशन
दिनुभएको थियो ।
गृहमन्त्री बस्नेतले आफ्नो ध्येय र जोड भूकम्प
प्रभावित १४ जिल्लाका नागरिक, तल्लास्तरका
पार्टी कार्यकर्ता नै चीन भ्रमणमा जाउन भन्ने
रहेको उल्लेख गर्दै नहुनुपर्ने गल्ती भइसकेको
बताउनुभएको थियो । भूकम्पपीडितको कोटामा
एमाओवादी अध्यक्ष दाहालका नातिनी र
गृहमन्त्री बस्नेतका छोरी र भतिजीलगायत
नजिकका आफन्त चीन भ्रमणमा पठाइएको थियो ।
एमाओवादीको स्थायी समितिको बैठकमा समेत
सरकारमा सहभागी मन्त्रीको कार्यशैली गलत र
अमर्यादित रहेको भन्दै चर्को आलोचना भएको
थियो । पार्टी प्रवक्ता दिनानाथ शर्माका
अनुसार कार्यशैलीलगायतका विषयमा गृहमन्त्री
बस्नेतले आफ्नो धारणा राख्नुभएको र आगामी
दिनमा गल्ती नदोहो¥याउने प्रतिबद्धता
जनाउनुभएको बताउनुभयो ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकमा नेता
हेमराज भण्डारी, गङ्गाबहादुर कार्कीलगायतले
एमाओवादीका तर्फबाट सरकारमा सहभागी
मन्त्रीको कार्यशैलीले पार्टीको साख गिरेको
भन्दै फिर्ता बोलाउनुपर्ने माग गर्नुभएको थियो ।
सोही मागबमोजिम अध्यक्ष दाहालले चीन भ्रमण
प्रकरण छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको
थियो ।
सरकार सञ्चालन तथा समन्वय समितिका संयोजक
एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीको
कार्यशैली परम्परागत भएको, आफूखुसी गरेको भन्दै
सो समिति भङ्ग गर्न माग गर्नुभएको थियो ।
सोही मागबमोजिम सबै मन्त्रीलाई राखेर अध्यक्ष
दाहालले पार्टीको निर्देशनभन्दा बाहिर गएर कुनै
काम नगर्न, आफूखुसी निर्णय नगर्न तथा पार्टीको
साख गिर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन
दिनुभएको हो ।
आजको बैठकमा उपाध्यक्ष श्रेष्ठ, सचिव
गिरिराजमणि पोखरेल, नेता सन्तु दराईलगायतले
धारणा राख्नुभएको थियो । यही मङ्सिर १५
गतेबाट सुरु भएको बैठक आगामी पुस ४ गतेसम्मका
लागि स्थगित भएको छ । सो बैठकमा पार्टीका
नेताले उठाएका विभिन्न प्रश्नको जवाफ दिने
कार्यक्रम रहेको पार्टी कार्यालयका सचिव
जोखबहादुर महराले जानकारी दिनुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved