Home » » डाबर नेपालको ९० कन्टेर रियल जुस अख्तियारको नियन्त्रणमा

डाबर नेपालको ९० कन्टेर रियल जुस अख्तियारको नियन्त्रणमा


म्याद गुज्रिएको जुस भारत पठाउन लागिएको आशंका

२७ मंसिर, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भारत लैजान लागिएको डाबर नेपालको ९० कन्टेर रियल जुस नियन्त्रणमा लिएको छ । कन्टेनरमा म्याद गुज्रिएका जुस पनि बजारमा लैजान लागिएको भन्ने गोप्य सूचनाको आधारमा अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जको सुख्खा बन्दरगाहामा अहिले कन्टेरमा राखिएका जुस जाँच भैरहेको छ । ९० मध्ये २४ कन्टेरमा म्याद गुज्रिएको जुस रहेको सूचना आएको अख्तियारको दाबी छ ।

अख्तियारको केन्द्रबाट प्रहरी नायव उपरीक्षक हिमालय श्रेष्ठ नेतृत्वको टोली जाँचका लागि वीरगञ्ज आएको छ । यसैगरी हेटौडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक डुण्डीराज न्यौपानेको टोली बारास्थित डाबर नेपालको कारखाना रामपुर टोकनी पुगेर जाँच गरिरहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved