Home » » बनमन्त्रीले आफुलाई दाउरा नदिएको एमाओवादी नेता गोपाल किरातीको दुखेसो

बनमन्त्रीले आफुलाई दाउरा नदिएको एमाओवादी नेता गोपाल किरातीको दुखेसो


मंसिर २७
काठमाडौं – एकीकृत माओवादीका
स्थायी समिति सदस्य गोपाल
किरातीले बन मन्त्रालये बाँडेको
दाउरा आफुले नपाएको गुनासो गरेका
छन् । पत्रकार ऋषि धमलालाई दिएको
एक अन्तवार्तामा नेता किरातीले
यस्तो गुनासो गरेका हुन् ।
एमाओवादीका स्थायी समिति सदस्य
अग्नि सापकोटा अहिले बन मन्त्री छन्
। नेता किरातीले सवै मन्त्रीवारे
आफ्नो धारणा पनि बाहिर ल्याएका
छन् । अन्तर्वार्तामा उनले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भन्नु
हुन्छ वर्ष दिनमा लोडसेडिङ मुक्त गर्ने तर
टोपबहादुर रायमाझी भन्नु हुन्छ कि दुई
वर्षमा मुक्त गर्ने । त्यो विषयमा
क्याविनेटमा प्रधानमन्त्री र
उपप्रधानमन्त्रीको विचमा छलफल पनि
हुँदैन कि क्याहो । यस्तो खाले जुन
विवादास्पद कुरा बाहिर बोलिरहनु
भएको छ । काम त पक्कै राम्रो गरिरहनु
भएको छैन । टोपबहादुर रायमाझी मेरो
नेता र सचिव त हुनु हुन्छ, उहाँ धेरै सिपालु
पनि हुनु हुन्छ तर निर्णय क्षमता
मैलेअहिलेसम्म अनुभव गरेको छैन ।
गणेशमान पुन ईमान्दर कमरेड हो तर
यतिबेलाको आपूर्तिमन्त्रीकोलागि
लायक उहाँ होईन । उहा पनि
घेरबान्दी गरेर धर्ना नै गरेर मन्त्री भएको
भन्ने मैले सुनेको छु । उहाँहरुको
योग्यतामाथि ठूलो चुनौति खडा
भएको छ ।
गिरिराजमणिजीको हाउभाउ चाँही
हुने तर काम चाँही गुटबन्दी प्रकृतिको
हुने भएकोले हामी अहिले सन्तुष्ट छैनौ ।
उहाँलाई नेतृत्वले अर्कै मन्त्री बनाउने
विषयमा सोचिएको थियो तर अरु
शिक्षा मन्त्री पाए जाने नभए
नारायणकाजी समूहबाट बहिस्कार गर्ने
घेरबान्दी र धर्ना दिएर उहाँ
शिक्षामन्त्री बन्नु भएको छ ।
त्यसकारणले उहाँले तारा खसाएर
देखाउनु पर्छ । तारा खसाएर देखाउनुभएन
भने गिरिराजमणीलाई पनि फिर्ता
बोलाउने माग गरिन्छ ।
कृषि मन्त्री हरिबोल गजुरेलले के के गर्ने
भन्ने प्रतिबद्धता पत्र हामीलाई दिनु
भयो । त्यो राम्रै लागेको छ । लगभग
हामी कोहीसँग सन्तुष्ट छैनौ । आठ
जना साथीहरु मध्ये उमेश यादवले
सिचाईमा राम्रै गरिरहनु भएको छ भन्ने
सुनिन्छ । अग्नी सापकोटाले
नागरिकता लिएर दाउरा बाढ्नु भए अरे
। म पनि बालकुमारी गएको थिए मलाई
चाँही दुई घण्टा पर्खिदा पनि दिईएन ।
दाउरा बाढ्नु भयो भन्ने सुनिएको छ ।
त्यसो हुँदा खेरी अहिले विषय केन्द्रीत
चाँही गृहमन्त्री शक्तिबहादुर बस्नेत,
उर्जामन्त्री टोपबहादुर रायमाझी र
आपूर्तिमन्त्री गणेशमान पुनको
मन्त्रालयसँग सम्बन्धीत हो । त्यसमा
पनि शक्ति बहादुरजीले जुन
लिनप्याओबादी षडयन्त्र गरेर अध्यक्ष
प्रचण्डलाई सिध्याएर पार्टी कब्जा
गर्ने षडयन्त्र गर्नु भयो त्यसको विरुद्धमा
विषय केन्द्रीत छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved