Home » » कांग्रेस र मधेसी मोर्चाबीच सिंहदरबारमा अर्काे वार्ता सुरु

कांग्रेस र मधेसी मोर्चाबीच सिंहदरबारमा अर्काे वार्ता सुरु

काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल
नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच
सिंहदरबारमा अर्काे वार्ता सुरु भएको छ ।
संविधान संशोधन प्रस्ताव सच्याएर अगाडि
बढाउने वातावरण बनाउन कांग्रेसले मोर्चासँग
वार्ता गरेको हो । यसअघि कांग्रेसको मोर्चाको
एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका
नेताहरुसँग वार्ताको प्रयास गरेको थियो ।
आजै विहान बसेको कांग्रेस केन्द्रीय पदाधिकारी
बैठकले आन्दोलनरत मधेसवादी दलसँग वार्ता गरी
संशोधन प्रस्ताव सच्याएर अगाडि बढाउने निर्णय
गरेको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved