संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुको दिल्ली भ्रमणसँगै उनीहरु गर्ने भेटवार्ता आम चासोको विषय
बनेको छ। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव
शनिबारै सितामढी हुँदै दिल्ली पुगिसकेका छन्।
त्यस्तै अर्का दुई अध्यक्ष संघीय समाजवादी फोरमका उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर
केहीबेरमै दिल्ली पुग्नेछन्। काठमाडौं विमानस्थल स्रोतका अनुसार यादव र ठाकुरसँगै एक जना नेतृ पनि दिल्ली प्रस्थान
गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा दिल्ली भ्रमण तय भएको मोर्चाका नेताहरुलाई ताज होटलमा बस्ने व्यवस्था
मिलाइएको छ। स्रोतका अनुसार सरकारी र सार्वजनिकबाहेकका सबै बैठक ताज होटलमै बस्नेछ।
मोर्चाका नेताहरु दिल्ली पुगेसँगै भेटघाटमा व्यस्त हुनेछन्। जसअन्तर्गत मोर्चाका नेताहरुले आज अपरान्ह १२ बजे जनता दल
(यु)का अध्यक्ष शरद यादवसँग भेटवार्ता गर्नेछन्। त्यसपछि दिउँसो ४ बजे विपक्षी दल कांग्रेस आइका नेता करण सिंहसँग
भेटवार्ता हुने बताइएको छ। स्रोतका अनुसार सिंहसँगको वार्तामा तराई मधेसमा जारी आन्दोलन र नाकाबन्दीबारे
छलफल हुनेछ।
त्यसपछि मोर्चाका नेताहरु ५:३० बजे राकपाका नेता डीपी त्रिपाठीसँग भेटवार्ता गर्नेछन्। त्रिपाठीसँगको
भेटवार्तापछि मोर्चाका नेताहरु भारतीय विदेशमन्त्री सुश्मा स्वाराजसँग भेटवार्ता गर्नेछन्। ७:३० बजे हुने भनिएको
वार्तमा मोर्चाका नेताहरुले आन्दोलनको ब्रिफिङ गर्ने स्रोतले बतायो।
स्वराजसँगको भेटवार्तापछि भारत सरकारले आयोजना गरेको रात्रिभोजमा मोर्चाका नेताहरु सहभागी हुने बताइएको छ।
दिल्ली स्रोतका अनुसार मोर्चाका नेताहरुलाई सम्मानका लागि रात्रिभोज आयोजना गरिएको हो।
Home »
Nepali News
» यस्तो छ मधेसी मोर्चाका नेताहरुको दिल्ली कार्यक्रम
यस्तो छ मधेसी मोर्चाका नेताहरुको दिल्ली कार्यक्रम
Posted by Unknown
Posted on 7:41 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment