काठमाडौँ, २० मंसिर । दोहोरो सुविधा लिन
नपाउने अघिल्लो सरकारको निर्णय सच्याउँदै
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकरले
भूकम्पपीडितलाई बिनाधितो दुई लाख रुपैयाँ
ऋण दिने तयारी गरेको छ । दुई लाख रुपैयाँ
सरकारी राहत पाउनेले सहुलियत ऋण नपाउने
अघिल्लो सरकारको निर्णय सच्याउँदै नयाँ
सरकारले दुई लाख राहत पाउने
भूकम्पपीडितलाई थप दुई लाख सहुलियत ऋण
बिनाधितो उपलब्ध गराउने तयारी गरेको हो
।
‘सामूहिक जमानीमा दुईदेखि ३ लाख सहुलियत
ऋण सामूहिक जमानीमा उपलब्ध गराउने
गृहकार्य हुँदैछ,’ पुननिर्माण प्राधिकरणको समेत
जिम्मेवारी पाएका राष्ट्रिय योजना
आयोगका उपाध्यक्ष युवराज खतिवडाले भने,‘दुई
लाख रुपैयाँको सरकारी मापदण्डको घर नबन्ने
भएकाले सरकारले बिनाधितो सहुलियत ऋण
उपलब्ध गराउन गृहकार्य थालेको छ ।’ आजको
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Home »
Nepali News
» भूकम्पपीडितलाई बिनाधितो
२ लाख ऋण
भूकम्पपीडितलाई बिनाधितो २ लाख ऋण
Posted by Unknown
Posted on 6:12 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment