Home » » ४० ट्यांकर डिजेल भित्रियो, विहीबार कहाँबाट कति आयो इन्धन ?

४० ट्यांकर डिजेल भित्रियो, विहीबार कहाँबाट कति आयो इन्धन ?

काठमाडौं, पुस २ । भारतसँगको केही सीमानाकाहरुबाट पछिल्ला
दिन आयात सहज बन्दै गएको छ ।
विराटनगर–जोगबनी नाकाबाट विहीबार साँझसम्ममा १८ ट्यांकर
डिजेल, ३ ट्यांकर पेट्रोल, ३ बुलेट ग्यास, १ ट्रक औषधिसहित १ सय ६१
मालबाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले
जनाएको छ ।
झापाको काँकड्भिट्टाबाट नाकाबाट भने विहीबार
इन्धनबाहेकका
मालबाहक गाडीमात्र नेपाल भित्रिए ।
यस्तै, विहीबार भैरहवा–सुनौली नाकाबाट पनि मालबाहक
गाडीमात्र नेपाल भित्रिए ।
नेपालगन्ज–रुपैडिहा नाकाबाट विहीबार दिनभरमा २२ ट्यांकर
डिजेल, ३ ट्यांकर हवाई इन्धन, ३ बुलेट ग्याससहित ५१ ओटा मालबाहक
गाडी नेपाल भित्रिएको जनाइएको छ ।
यस्तै, धनगढीको गौरीफन्टा नाकाबाट बिना अवरोध गाडी नेपाल
भित्रिरहेका छन् । तर, वीरगन्ज–रक्सौल नाका भने अझै सन्चालनमा
आउन सकेको छैन ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved