काठमाडौं : कुख्यात भारतीय अन्डरवर्ल्ड डन दाउदइब्राहिमका दुर्इजना सहयोगी नेपालबाट गिरफ्तारभएका छन् ।पाकिस्तानमा बस्दै आएको भनिएका दाउदाका दुर्इसहयोगीहरुलार्इ नेपालबाट गिरफ्तार गरिएको पुष्टिभारतीय सुरक्षा एजेन्सीहरुले गरेका हुन् ।तर नेपालको कुन स्थानबाट उनीहरु पक्राउपरेकाबारेमा भारतीय सुरक्षाा निकायले केहीखुलाएका छैनन् । उनीहरु दुबैजना भारतीय सुरक्षाएजेन्सीको संयुक्त अपरेशनका क्रममा पक्राउ परेका हुन् ।समाचारमा उनीहरु दुबैजना भारतीय सीमा पार गरेरनेपाल छिरेपछि नेपाल प्रहरीको सहयोगमा पक्राउपरेको बताइएको छ । नेपाल प्रहरीले भने यसबारेमा कुनैधारणा सार्वजनिक गरेको छैन ।नेपाल प्रहरी स्रोतले यसबारेमा जानकारी आएपनिविस्तृत विवरण सार्वजनिक गरेको छैन । 'यसबारेमाजानकारी आएपनि विस्तृत विवरण प्राप्त नभएकालेअहिले नै केही भन्न सकिन्न', नेपाल प्रहरी स्रोतलेभन्यो, 'तर उनीहरुलार्इ पक्रने काममा नेपाल प्रहरीलेसहयोग गरेको भने हाे ।'भारतीय केन्द्रीय अनुसन्धन जाँच ब्युरो र रिसर्च एन्डएनालाइसिस विङ्ग (रअ) ले दाउदाका प्रमुखसहयोगीहरु ४१ वर्षीय अबिद दाउद पटेल र ३५ वर्षीयसलिम सतारलार्इ नेपालबाट बुधबार पक्राउ गरिएकोपुष्टि गरेका हुन् ।यी दुबैजनामाथि भारतीय जनता पार्टीको मातृसंस्था आरएसएसका सदस्य शिरिश बंगाली र भारतीयजनता युवा मोर्चाका महासचिव प्रग्नेस मिस्त्रीकोनोभेम्बर २ मा गुजरातको भरौच जिल्लामा हत्यागरेको अभियोग लागेको छ ।त्यसका साथै दाउद इब्राहिमको निर्देशनमा यी दुबैलेगुजरातमा जातीय दंगा भड्काउन भूमिका खेलेको पनिआरोप लागेको छ । अबिदविरुद्ध इन्टरपोलले रेडकर्णरनोटिस पनि जारी गरेको थियो ।मंगलबारको लोकसभा बेठकमा दाउद इब्राहिमपछिल्लो समय पाकिस्तानमै रहेको र उनी स्थानपरिवर्तन गर्दै बसिरहेको बताइएको थियो ।भारतका विभिन्न सुरक्षा एजेन्सीको सूचना अनुसारदाउद सन् १९९३ मा मुम्बर्इमा भएको श्रृंखलावद्ध बमहमलाका मूख्य योजनाकार हुन् ।लोकसभाको बैठकमा भारतीय गृहराज्य मन्त्रीहरिभाइ प्रथीभाइ चौधरीले दाउद पाकिस्तानमैरहेको जनाउँदै उनी त्यहाँ ठाउँ परिवर्तन गर्दैबसिरकेको दाबी गरेका थिए ।भारतले यसअघि नै दाउदले प्रयोग गरेको राहदानीतथा अन्य प्रमाण र फोन संवादका आधारमा उनीपाकिस्तानमै रहेको जनाउँदै आयवश्यक कारबाही अघिबढाउन पाकिस्तानलार्इ आग्रह गरिरहेको छ ।भारतले दाउदका कारण भारतमा आतंकवादीगतिविधि बढेको जनाउँदै दाउदलार्इ पक्रेर बुझाइदिनछिमेकीलार्इ पाकिस्तानलार्इ भनेपनि अहिलेसम्मत्यसबारे सुनुवाइ भएको छैन ।यसअघि भारतीय गृहमन्त्री राजनाथ सिंहलेदाउदलार्इ पाकिस्तानबाट ल्याएर कारबाही अघिबढाउन भारत सरकारले कुनै कसर बाँकी नराख्नेबताइसकेाक छन् ।
Home »
Nepali News
» दाउद इब्राहिमका दुई सहयोगी नेपालमा गिरफ्तार....
दाउद इब्राहिमका दुई सहयोगी नेपालमा गिरफ्तार....
Posted by Unknown
Posted on 2:23 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment